सपनामा भोजन गर्नु शुभ कि अशुभ ?

नेपालभ्युज

सपनामा भोजन गर्नु शुभ कि अशुभ ?

एजेन्सी । सपना राम्रो वा नराम्रो जस्तो पनि हुन सक्छ । तर स्वप्नशास्त्रअनुसार हरेक सपनाको आफ्नै महत्व र अर्थ हुने गर्दछ । कैयौं पटक हामीले सपनामा अरुले वा आफैले भोजन गरेको देखिरहेका हुन्छौं । यसको पनि केही अर्थ छ । आउनुहोस् ज्योतिषशास्त्रीका अनुसार सपनामा खाना खाएको देख्नु शुभ हुन्छ वा अशुभ यसबारेमा जानौं ।

कतिपयले सपनामा आफूले खाना खाइरहेको देख्छन् । यदी तपाईं सपनामा आफैले खाना खाएको देख्नुहुन्छ भने यसको अर्थ तपाईंले शुभ समाचार पाउँदै हुनुहुन्छ । त्यस्तै कहिलेकाँही रोटी खाएको सपनामा देखिन्छ । यसको अर्थ तपाईंको जति पनि इच्छा चाहनाहरु छन् ती सबै पूरा हुन सक्छन् भन्ने अर्थ हुन्छ ।

यदी सपनामा तपाईंले कसैसँग खाना मागिरहेको देख्नुहुन्छ भने यसको अर्थ तपाईंको कुनै इच्छा छिट्टै पूरा हुँदैछ भन्ने जनाउँछ । स्वप्नशास्त्रअनुसार सपनामा आफूले खाना बनाइरहेको देख्नुको अर्थ पनि शुभ नै हुन्छ । यसको अर्थ तपाईंले छिटै नै कुनै शुभ समाचार सुन्नुहुनेछ ।

सपनामा यदी तपाईंले कसैलाई भोजन दान गरिरहनुभएको छ भने यसको पनि अर्थ हुन्छ । यसको अर्थ तपाईंका पूर्वजहरुले तपाईंसँग भोजन मागिरहेका छन् । यस्तोमा तपाईंले उठेर कोही गरीबलाई भोजन दान अवश्य गर्नुहोस् ।

सपनामा भोजन गर्नुको अर्थ जीवनमा तपाईं एकदमै खुशी हुनुहुन्छ भन्ने नै जनाउँछ । यसको अर्थ तपाईंको आरामसँग जोडिएको छ । सपनामा भोजन गर्नु जीवनमा समृद्धिको प्रतिक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved