करेन्ट लागेर दुई जनाको मृत्यु

नेपालभ्युज

करेन्ट लागेर दुई जनाको मृत्यु

रौतहट । रौतहटको बौधीमाई नगरपालिका वार्ड नं ५ कोपवा टोलमा करेन्ट लागेर शुक्रबार राति २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कोपवा गाउँका २५ वर्षीय अरुण साह र २६ सिताबी पण्डित रहेका छन् ।

सुरुमा आफ्नै आँगनमा रहेको ट्युबेलबाट विद्युत् मोटर सञ्चालन गर्ने क्रममा अरुण साहलाई करेन्ट लागेको थियो ।

उनलाई जोगाउन खोज्ने पण्डितको पनि करेन्ट लागेर मृत्यु भएको हो । दुवैलाई गौर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved