‘बालकृष्णलाई एकैचोटी पाँचवटा मुद्दा लगाउन मिल्दैन’ : अधिवक्ता कर्ण

नेपालभ्युज

‘बालकृष्णलाई एकैचोटी पाँचवटा मुद्दा लगाउन मिल्दैन’ : अधिवक्ता कर्ण

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणको जारी बहसका क्रममा अधिवक्ता पंकज कुमार कर्णले बालकृष्ण खाणको बचाउ गर्दै यससम्बन्धी जोहरीमा कतै पनि बालकृष्ण खाणको नाम उल्लेख नभएको बताएका छन् ।

मंगलबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा बहसका क्रममा कर्णले सहअभियुक्तहरूले दिएको बयानका आधारमा खाणलाई ठगी, कीर्ते लगायतका पाँच मुद्दा चलाउन नमिल्ने जिकिर गरे।

‘यो मिल्ने अवस्था छैन । यो प्रकरणमा टेकनारायण पाण्डेले नरेन्द्र केसीलाई पत्र लेखेको भन्ने कुरा जुन छ, केपी बालगायतलाई भनेर । त्यसमा ठूलो प्रमाण मानेको छ’, उनले भने, ‘त्यहाँ बालकृष्ण खाण अपराधी भनेर पुष्टि हुँदैन । सहअभियुक्तको पोलले खाणविरुद्ध वस्तुनिष्ठ प्रमाण पुग्दैन ।’

उनले लिखत किर्तेसम्बन्धी कसुरमा पनि खाणले यहाँ यहाँ कीर्ते गरेको कुनै प्रभाव नभएको बताए । उनले भने, ‘यो मुद्दामा लेनदेनमा कसैलाई मेसेज पनि गरेको छैन ।’ उनले पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन संरक्षण गर्ने व्यक्ति सन्तोष प्रधानलाई किन प्रतिवादी बनाइएन भन्दै प्रश्न पनि गरे।

यस्तै, वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बालकृष्ण खाणविरुद्ध राज्य नै लागेको जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved