काँचो आँपको बोक्रा प्रयोग गर्ने विधि

नेपालभ्युज

काँचो आँपको बोक्रा प्रयोग गर्ने विधि

एजेन्सी । काँचो आँपको बोक्रामा कैयौं त्यस्ता तत्वहरु हुन्छन् जो स्वास्थ्यसँग जोडिएका कैयौं समस्याहरुमा काम लाग्न सक्छ । आउनुहोस् जानौं आँपको बोक्राबाट हुने फाइदाहरुका बारेमा–

–  मधुमेहको समस्यामा काँचो आँपको बोक्रा खानु एकदमै फाइदाजनक हुन्छ । आँपको बोक्रा र पातहरुमा एन्टीडायबिटिक प्रभाव हुन्छ, जसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्दछ ।

–  काँचो आँपको सेवनले एसिडिटीको समस्याबाट पनि निजात पाउन सकिन्छ । यस्ता बोक्रामा ग्यास्ट्रोप्रोटेक्टिव गुण हुन्छ जसले एसिडिटीको प्रभावलाई कम गर्न सहयोग गर्दछ ।

–  कब्जियतको समस्या भएमा पनि काँचो आँपको बोक्रा एकदमै फाइदाजनक हुन्छ । यसमा हुने पोषक तत्वहरु कब्जियतका लागि औषधी सरह हुन्छ ।

–  गर्भावस्थाको बेला वाकवाकी हुने तथा वान्ता आउने समस्यामा पनि काँचो आँपको बोक्राको सेवन गर्दा यसले समस्या कम हुन्छ ।

–  काँचो आँपको बोक्रालाई चपाएर खान सकिन्छ, यसको चिया बनाएर पनि सेवन गर्न सकिन्छ साथै यसलाई चटनी बनाएर समेत खान सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved