सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी आन्दोलित (तस्वीरहरू)

सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी आन्दोलित (तस्वीरहरू)

काठमाडौं। सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले आज नयाँ बानेश्वरदेखि माइतीघरसम्म थाल ठटाएर विरोध गरेका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आफ्ना माग नीति तथा कार्यक्रममा समाबेश भएको तर बजेटमा समावेश नभएको भन्दै, नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ लागू गर्न सरकारलाई दबाब दिने उद्देश्यसहित प्रदर्शन गरेको हो।

गत भदौ १ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेल नेतृत्वमा मन्त्रिस्तरीय निर्णय भएको विद्यालयको दुई तहको कर्मचारीको सहायक लेखापाल र विद्यालय सहयोगीलाई नेपाल सरकारको निजामती सरहको खरदार र कार्यालय सहयोगी सरहको सेवा सुविधा दिने नीतिगत निर्णय गरिसक्दा पनि अर्थमन्त्रालयले अझै आनाकानी गरेको उनीहरूको आरोप छ।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved