असार डाक्दै ‘असारे फूल’ (तस्वीरहरू)

असार डाक्दै ‘असारे फूल’ (तस्वीरहरू)

काठमाडौं । सामान्यतया समुन्द्री सतहबाट ३०० देखि २५०० मिटर सम्मको उचाइमा फुल्ने असारे फूलको अहिले संसारभर लगभग ५० प्रजातिहरू पाइन्छ ।

रातो, कलेजी, फुस्रो सेतो, गाढा सेतो जस्ता रंगहरूमा यी फूलहरू फुलेको देख्न सकिन्छ।

नेपालमा असार महिनामा फुल्ने भएर यसको नाम ‘असारे फूल’ भएता पनि यसको वैज्ञानिक नाम भने ‘लेग्स्ट्रीमिआ इन्डिका’ हो।

सामान्यतया एसियाको भारतीय उपमहाद्वीप, दक्षिणपूर्वी एशिया, उत्तरी अष्ट्रेलिया, र ओशिनियाका भु(भागहरूमा पाइने यो फूल, पातलो सदाबहार रूखहरू र झाडीहरूको वर्गमा पर्दछ।

यो फूल लाईथ्रासेए वर्गको प्रजाती हो। यी फूल फुल्ने रूखहरू मध्यम उचाइका हुन्छन्। तर, अहिले बोन्साइ प्रविधिबाट उत्पादन गरिएका यसका स-साना बोटहरू पनि बगैंचामा देख्न सकिन्छ।

तस्वीरहरू

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved