नागरिकता विधेयकको कपी मगाउन सर्वोच्चको आदेश

नेपालभ्युज

नागरिकता विधेयकको कपी मगाउन सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको कपी मगाउन शुक्रबार आदेश दिएको छ ।

न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरणको कपी मगाउने आदेश दिएको हो । साथै, अन्तरिम आदेश दिनुपर्ने कि नपर्ने भन्ने सम्बन्धमा छलफलका लागि जेठ ३० गते मंगलबारको पेसी तोक्ने आदेशसमेत सर्वोच्चले दिएको छ।

नागरिकता विधेयक प्रमाणीकरण संविधानको भावना र मर्मविपरीत भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दर्ता गराएका थिए ।


Comment

One thought on “नागरिकता विधेयकको कपी मगाउन सर्वोच्चको आदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved