बजेटमाथिको छलफल आज पनि जारी

नेपालभ्युज

बजेटमाथिको छलफल आज पनि जारी

काठमाडौं । संघीय संसदमा प्रस्तुत भएको आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि आज शुक्रबार पनि छलफल जारी रहनेछ । छलफलको लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्दैछ ।

जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेटमाथि निरन्तर छलफल भइरहेको छ । हालसम्म बजेटमाथि १ सयभन्दा बढी सांसदले धारणा राखिसकेका छन् ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदन पेश गर्ने पनि कार्यसूची छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved