पेटको गर्मी शान्त पार्ने घरेलु उपाय

नेपालभ्युज

पेटको गर्मी शान्त पार्ने घरेलु उपाय

एजेन्सी । गर्मी मौसममा पेट खराब हुने समस्या आम नै हो । मसालेदार खानेकुराले पेटमा गर्मी हुन थाल्छ ।

जसले गर्दा पेट फुल्ने, ग्यास वा पेट दुखाईको समस्या हुन सक्छ । पेटमा गर्मी बढ्नुका पछाडी धेरै कारण हुन सक्छन् । कतिपय अवस्थामा पेटमा दुखाई, पेट पोल्ने जस्ता समस्या देखिन्छ । कतिपय मानिस यसलाई चिन्न सक्दैनन् ।

पेटमा गर्मी बढ्दा अन्य लक्षण पनि देखिन्छन् । आउनुहोस् जानौं यसबारेमा ।

पेटमा गर्मी बढ्ने लक्षण

पेटमा ग्यास, जलन, ब्लोटिंग, वान्ता, भोक कम लाग्ने, पेट दुख्ने, पेटमा ऐंठन हुने, पखाला लाग्ने, पेटमा गर्मी बढ्नुका कारण, पानी कम पिउनु, एकदमै,  धेरै मांसहारी खानु, धेरै मसालेदार खानु, तारेको धेरै खानु, धुमपान तथा रक्सी पिउनु, कडा औषधीको सेवन गर्नु, लामो समय भोकै बस्नु, चिया कफी धेरै पिउनु ।

पेटमा हुने गर्मीको उपचार विधि

  • शरीरलाई चिसो बनाउने खानाकुरा खाने
  • प्रसस्त मात्रामा पानी पिउने
  • मौसमी फलहरुको जुस पिउने
  • केरा, काँक्रा, दहीको सेवन गर्ने
  • मसलेदार खानबाट बच्ने
  • सोंफको पानी पिउने
  • समस्या धेरै भएमा तुरुन्त डाक्टरको सल्लाह लिने

त्यस्तै पेटको गर्मी निकाल्न एलोभेराको जुस पनि पिउन सकिन्छ । यो भित्रैदेखि चिसो हुन्छ । नरिवलको पानी नियमित रुपमा पिउनु पर्दछ । यसले शरीरलाई हाइड्रेट बनाइराख्छ ।

अमलाको प्रयोगले पनि पेटको गर्मीलाई बाहिर निकाल्न सकिन्छ । किनकी अमलाले चिसो बनाउँछ । त्यस्तै पुदिनाको प्रयोग पनि एकदमै राम्रो विकल्प हो । पुदिनाको चिया वा शर्वत बनाएर पिउँदा गर्मी बढेको बेला फाइदा गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved