सुनकोशीमा खसेको गाडी भेटियो

नेपालभ्युज

सुनकोशीमा खसेको गाडी भेटियो

काठमाडौं। सुनकोशीमा ४ दिन अघि खसेको सीटीइभीटीको गाडी भेटिएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट गाडी नदीमा खसेको थियो।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो सिन्धुलीको गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका  थिए।

गाडी पूरै नदीमा डुबेको र निकाल्न नसकिएको कारण बेपत्ताको समेत पत्तो लागेको थिएन। गाडीचालक कृष्णबहादुर चौधरी भने त्यसैसमय पौडिएर निस्किएको प्रहरीले जनाएको छ।

गाडीमा सीटीईभीटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत भानु पौडेल थिए। उनिहरु मध्ये २ जनाको शव गाडीसँगै भेटिएको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved