राजश्व बढी उठाउन विद्युतीय गाडीमा कर पुनः समायोजन गरिएको हो– अर्थमन्त्री

नेपालभ्युज

राजश्व बढी उठाउन विद्युतीय गाडीमा कर पुनः समायोजन गरिएको हो– अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा.प्रकाश शरण महतले विद्युतीय गाडीमा कर समायोजन गर्नुमा असल नियत र बजेटको लक्ष्य अनुरूप हुने बाहेक अरू कुरा नगरिएको बताएका छन्।

बजेट निर्माणको क्रममा बाहिरी व्यक्तिको प्रवेश भनेर ‘ईन्ट्री’ गर्ने व्यक्ति रामकृष्ण श्रेष्ठमाथि आरोप लगाएकोमा पनि अर्थमन्त्रीले स्पष्ट गरे। ‘रामकृष्ण बाह्य व्यक्ति पनि होइनन्। उनको काम ईन्ट्री गर्ने मात्रै हो,निर्णय गर्ने होइन’ अर्थमन्त्रीले भने–‘यस्ता गलत कुरा गरेर तथ्य बङ्ग्याउन हुँदैन।’

उनले संसदीय छानबिन समिति बनाउने कुरा हास्यास्पद भएको भन्दै बाहिरका व्यक्ति प्रवेश गरेको कुरा पूर्ण असत्य भएको जिकिर गरे।‘निर्माणकोक्रममा कोही अनधिकृत व्यक्तिको प्रवेश भएको छैन,यो नै सत्य हो’ उनले भने–‘गाडी कसले कुनबेला अर्डर गर्‍यो मलाई थाहा भएन। मलाई नै बरु कर नबढाउनु तँलाई यस्तो गरौँला उस्तो गरौँला भनेका थिए होलान्।’

उनले कुनै व्यक्तिले पाइरहेको सुविधा कम भयो भनेर म सँग रिसाएको हुनसक्छ भन्दै अर्थमन्त्रीले त्यसैको आधारमा धारणा नबनाउन आग्रह पनि गरे।

उनले विद्युतीय गाडीको कर समायोजनले राजश्व बढी उठ्ने सुनिश्चितता हुन्छ भन्दै अर्थतन्त्र गतिशील बनाएर मात्रै करको दर बढाउनुपर्छ भन्ने सरकारको बुझाई भएको बताए।‘करको दर बढाउने नाममा कागती निचोरेको जस्तो निचोर्न हुँदैन’ अर्थमन्त्रीले भने–‘सरकारले राजश्व बढाएर बजेटको लक्षअनुरूप नै कर उठाउने सोचेको छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved