पाँचौँ खेल जितेसँगै मलेसियाविरुद्धको महिला टी–२० सिरिज नेपालको कब्जामा

नेपालभ्युज

पाँचौँ खेल जितेसँगै मलेसियाविरुद्धको महिला टी–२० सिरिज नेपालको कब्जामा

काठमाडौं। नेपालले मलेसियाविरुद्धको महिला टी–२० क्रिकेट सिरिज जितेको छ। मलेसियामा आइतबार भएको पाँचौँ खेलमा नेपालले घरेलु टोलीलाई ३२ रनले पराजित गरेको हो। यससँगै ५ खेलको टी–२० सिरिज नेपालले ३–२ ले जितेको हो।

निर्णायक खेलमा मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १९.२ ओभरमा ७ विकेट क्षतिमा पूरा गर्‍यो। नेपालका लागि सीता राना मगरले ३४ र कप्तान रुबिना क्षेत्रीले २३ रनको योगदान गरे। मलेसियाको लागि हमिजा हसिमले २ विकेट लिइन्।

पहिले ब्याटिङ गरेको मलेसियाले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १०९ रन बनायो। मलेसियाका वान जुलियाले सर्वाधिक ४७ र विनिफ्रेड दुराईसिंघमले २४ रन बनाईन्। नेपालको लागि कविता जोशीले २ तथा ईश्वरी विष्टले १ विकेट लिए।

सिरिजको पहिलो खेलमा नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको थियो भने चौथो खेलमा मलेसिया ६ विकेटले विजयी भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved