सरकारको नीति तथा कार्यक्रम पारित

नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

नेपालभ्युज

सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । जेठ ५ गते सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्‌का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शनिवार प्रतिनिधि सभाबाट पारित भएको हो ।

नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

राष्ट्रिय सभाबाट भने सरकारको नीति तथा कार्यक्रम यसअगावै पारित भइसकेको छ ।

नीति तथा कार्यक्रममाथि सांसदहरूले राखेका संशोधन प्रस्ताव पनि निर्णयार्थ पेश भएका थिए । तर कुनै पनि संशोधन प्रस्ताव पारित हुन सकेका थिएनन् । त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेश भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved