कालापानीबारे भारतसँग उपयुक्त छलफल हुन्छ : प्रधानमन्त्री

नेपालभ्युज

कालापानीबारे भारतसँग उपयुक्त छलफल हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका बेला लिपुलेक, कालापानीलगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताएका छन् ।

नेपालको सीमा सुरक्षाबारे आफूले भारत भ्रमणको क्रममा गम्भिरतापूर्वक छलफल गर्न ध्यान दिने प्रधानमन्त्री दाहालको प्रतिवद्धता थियो । शनिबार सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले पञ्चेश्वर परियोजना अघि बढाउनेबारे नयाँ समझदारी हुने विश्वास समेत व्यक्त गरे ।

उनले आफ्नो भारत भ्रमणमा सार्क बैठकलाई सुचारु गर्ने विषयमा पनि छलफल गर्ने बताए । ‘सार्क बैठकको बारेमा छलफल चलिराखेको छ । यो विषयमा मेरो गम्भिर रुपले ध्यान छ । यी विषय उपयुक्त तरिकाले छलफलमा जान्छन’ प्रधानमन्त्री दाहालले भने, ‘पञ्चेश्वर परियोजना अघि बढाउने बारे एउटा नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ  र, निकै सकारात्मक ढंगले छलफल चलिराखेको छ ।’

प्रधानमन्त्री दाहालले २ वर्ष भित्र भूमि सम्बन्धि समस्या समाधान गर्ने आश्वासन पनि दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved