यू–२० महिला एसियन कपको दोस्रो चरणमा सहभागी हुने नेपाली टोली घोषणा

नेपालभ्युज

यू–२० महिला एसियन कपको दोस्रो चरणमा सहभागी हुने नेपाली टोली घोषणा

काठमाडौं। एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक याम गुरुङले २२ सदस्यीय टोली घोषणा गरेका हुन्।

प्यालेस्टाइनमा भएको पहिलो चरणमा समूह विजेता बन्दै नेपाल दोस्रो चरणमा पुगेको थियो । नेपालसँगै समूह बीमा म्यानमार,चीन र चाईनिज ताइपे रहेका छन्। समूह एमा भने इरान लेबनान, भियतनाम, र अष्ट्रेलिया छन्।

छनोट जुन ३ देखि ११ सम्म आयोजना हुनेछ। छनोटका उत्कृष्ट ४ टोलीले मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा आयोजना हुने यू–२० महिला एसियन कपमा स्थान पक्का गर्नेछन्।

नेपाली टोली

गोलकिपर : लिला जोशी, सावित्री किसान, कविता विक
डिफेन्डरः तुलसा बोहरा, सिमरन राई, सबिना चौधरी, सुनिता भुलान, दिव्या यस्माली मगर, सजनी थोकर, कुमारी तामाङ, प्रतिक्षा चौधरी
मिडफिल्डरः सरस्वती हमाल,मनमाया दमाईं, सुनकला राई, हिमा रावत, दीपा साही, सुष्मा जीटी, सारा बज्राचार्य, अञ्जली मचामसी
फरवार्डः गरिमा राई, ममता पुन, अमिषा कार्की, सन्दीपा भोलान


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved