प्रहरी महानिरीक्षक कुँवरलाई योगेशको आग्रह- छानविन गर्नुपर्ने अवस्था नभए पत्रकार सम्मेलनबाट स्पष्ट पार्नु

नेपालभ्युज

प्रहरी महानिरीक्षक कुँवरलाई योगेशको आग्रह- छानविन गर्नुपर्ने अवस्था नभए पत्रकार सम्मेलनबाट स्पष्ट पार्नु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका लागि सहयोग गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् ।

सचिव भट्टराईले प्रहरी महानिरीक्षक बसन्त कुँवरको पनि नाम सो प्रकरणमा जोडिएको उल्लेख गर्दै छानविनमा सहयोग गर्न आग्रह गरे । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गदै उहाँले सो प्रकरणमा छानविन गर्नुपर्ने अवस्था नभए पत्रकार सम्मेलन गरेर भएपनि प्रहरी महानिरीक्षक कुँवरले स्पष्ट पार्नुपर्ने बताए। सचिव भट्टराईले सो प्रकरणको छानविनलाई निष्पक्ष, पारदर्शी स्वतन्त्र ढंगले अघि बढाउन नेपाल सरकारलाई पनि सचेत गराए ।

उनले भने, ‘हाम्रो पार्टीले नक्कली भुटाणी शरणार्थी केशमा निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढंगले छानविन गर्न नेपाल सरकारलाई भनि सकेको छ । प्रधानमन्त्री,  गृहमन्त्री र पुलिस प्रशासनलाई भनेका छौं  र, पार्टीको केन्द्रिय कमिटी बैठकले प्रस्ताव पास गरेर  हाम्रै पार्टीका पनि जोसुकै नेता परुन त्यसमा हामी छानविनका लागि सहयोग गर्न तयार छौं ।’

‘यदि मेरो नाम कसैले लिएका छन । र, त्यसमा मेरो संलग्नता छ कसैले भन्यो भने मलाईं प्रहरीले बोलाउनु पर्दैन,  म आफैं प्रहरीकोमा बयान दिन जान्छु । म त्यो मान्छे हो । र, हाम्रो पार्टी त्यो हो । त्यसमा हामी पछाडि हटदैनौं’ उनले भने, ‘अध्यक्षका स्वकीय सचिव हुन वा मेरो स्वकीय सचिव,  म नै भएपनि मलाई कसैले पोल्छ भने प्रहरीले मलाई सूचना गरिदिए हुन्छ । तपाईको नाम आएको छ, के गरौं भन्यो भने म थपक्क गएर बयान दिएर आउँछु । किनभने म नागरिक हो ।’

‘नागरिक चाँही कानुनभन्दा माथि कोही पनि हुँदैन । कानुनभन्दा माथि हुने शासन त हामीले २०४७ सालमा फाली सकेको हो नि । त्यसपछि राजा ज्ञानेन्द्रले एक पटक कानुनभन्दा माथि हुन खोजेका थिए । उनलाई कानुनभन्दा माथि मान्दैनौ भनेर नारायणहिटीबाट नागार्जुन पठाएको होइनौ त ?’ उनले भने, कानुन भन्दामाथि को छ यो देशमा । कोही पनि छैन । त्यसकारण सबैमाथि छानविन हुन्छ । हुनु पर्छ । एमालेले पूरा साथ दिन्छ । ढुक्क भए हुन्छ ।

‘प्रहरीले बोलायो भने भाग्ने होइन । कोही पनि भाग्नु हुँदैन । त्यहाँ गएर बयान दिने, आफ्नो संलग्नता छैन भने प्रष्ट कुरा भन्नु पर्छ । अव अहिले त नेपाल प्रहरीको आईजीपीकै नाम आएको छ’ उनले थपे, आईजीपी सावले पनि आएर बयान दिनु पर्छ । म बसन्त कुँवरजीलाई भन्छु,  यदि तपाईको संलग्नता छैन भने तपाईमाथि उठेका प्रश्न क्लिएर गर्नुस् । त्यहाँ बयान दिन जान पर्ने अवस्था छैन भने पत्रकार सम्मेलन गरेर   प्रष्ट पार्नुस् ।’

सचिव भट्टराईले सो प्रकरणको छानविनमा नेपाल प्रहरीमाथि हस्तक्षेप गर्न नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved