भ्रष्टाचार प्रकरणमा नागरिक अभियन्ताको खबरदारी महत्त्वपूर्ण र प्रशंसनीय : डा. बाबुराम भट्टराई

नेपालभ्युज

भ्रष्टाचार प्रकरणमा नागरिक अभियन्ताको खबरदारी महत्त्वपूर्ण र प्रशंसनीय : डा. बाबुराम भट्टराई

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भ्रष्टाचार प्रकरणमा नागरिक अभियन्ताहरूको खबरदारी महत्त्वपूर्ण र प्रशंसनीय रहेको बताएका छन्।

बुधबार बिहान आफ्नो सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा.भट्टराईले ‘अहिले देशमा उद्घाटित भइरहेका गम्भीर प्रकृतिका भ्रष्टाचार प्रकरणमा नागरिक अभियन्ताहरूको खबरदारी अत्यन्त महत्त्वपूर्ण र प्रशंसनीय’ भनेका छन्।

उनले लेखेका छन्–‘प्रसिद्ध भनाइ पनि छ–‘सत्तामुखी हैन रूपान्तरणकारी राजनीतिक अभियानमा लागेका हामी जस्ता व्यक्तिहरूले पनि सुरूदेखि नै ‘सडक,सदन र सरकार’ का तीनवटै मोर्चाबाट एकीकृत र निरन्तर संघर्ष सञ्चालन गरेर मात्र लोकतन्त्रलाई वास्तवमा भुइँ तहका जनताको लोकतन्त्रमा रूपान्तरण गर्न सकिन्छ भन्ने मान्यता अनुशरण गरिरहेका छौं। सडकबाट खबरदारी जारी रहोस् ! पूर्ण ऐक्यबद्धता!’

२०६४ देखि २०७४ सम्म संविधानसभा र प्रतिनिधिसभामा गोरखाबाट निर्वाचित हुँदै एकपटक अर्थमन्त्री र एकपटक प्रधानमन्त्री भएका डा. भट्टराईले संसदको रोष्ट्रममै उभिएर पनि ‘मलगायत सबै पूर्व प्रधानमन्त्री र उच्च तहका नेताको सम्पत्ति छानबिन गरौं’ भन्दै भ्रष्टाचारका विरुद्ध आवाज उठाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved