पिसाबबाट आउने गन्ध हटाउने तरिका

नेपालभ्युज

पिसाबबाट आउने गन्ध हटाउने तरिका

एजेन्सी । पिसाबबाट गन्ध आउनुका पछाडी यूटीआई, संक्रमण तथा डिहाइड्रेशन जस्ता कारण हुन सक्छन् । त्यसैले पिसाबको दुर्गन्ध आएको खण्डमा केही सजिलो तरिकाले नै यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ ।

पिसाबबाट दुर्गन्ध आउनुका पछाडी विभिन्न स्वास्थ्य समस्या तथा कारण हुन सक्छन् । जस्तै यूटीआई, मधुमेह, डिहाइड्रेशन, ब्लाडरमा फिस्टुला लगायत हुन सक्छन् । ठुलो समस्या नहुँदा पनि दुर्गन्ध आइरहन्छ भने घरमै हटाउन सकिन्छ ।

शरीरमा पानीको कमीका कारण पनि पिसाबबाट दुर्गन्ध आउन सक्छ ।  त्यसैले भरपूर मात्रामा पानी पिएर शरीरलाई हाइड्रेट राख्नु पर्दछ । यसले पिसाबबाट आउने दुर्गन्धबाट छुट्कारा पाउन सकिन्छ ।

त्यस्तै संवेदनशील अंगको सरसफाई पनि एकदमै महत्वपूर्ण छ । सरसफाईको कमीले पनि शरीरबाट दुर्गन्ध निस्कन्छ । त्यो विशेषगरी गोप्य अंगको दुर्गन्ध कडा हुने गर्दछ । सरसफाईलाई ध्यान दिएमा यस्तो दुर्गन्धबाट बच्न सकिन्छ ।

भिटामिन सीले भरिपूर्ण खानेकुराको सेवनले पनि पिसाबबाट आउने दुर्गन्धलाई कम गर्न सकिन्छ । यसका लागि आफ्नो खानपानमा सुन्तला, कागती, अमला जस्ता मौसमी फल समावेश गर्न सकिन्छ ।

यदि संक्रमणले गर्दा तपाईंको पिसाबबाट कडा दुर्गन्ध आइरहेको छ भने नीमको पानी प्रयोग गर्न सक्नुहुन्छ । नीमको पानीले सरसफाइ गर्दा दुर्गन्ध तथा जलनबाट पनि राहत पाउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved