साहुखर्कका शेरबहादुर ‘खिर बाजे’को निधन

२०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीहरूलाई स्वादिष्ट खिर खुवाउँदै आएका डडेलधुराको साहुखर्कका ‘खिर बाजे’को निधन भएको छ।

नेपालभ्युज

साहुखर्कका शेरबहादुर ‘खिर बाजे’को निधन

काठमाडौं। २०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीहरूलाई स्वादिष्ट खिर खुवाउँदै आएका डडेलधुराको साहुखर्कका ‘खिर बाजे’को निधन भएको छ।

शेरबहादुर देउवा नाम भएपछि उनी ‘खिर बाजे’ले परिचित थिए। उनी खिर पसलका सञ्चालक हुन्।
जिल्लाको गन्यापधुरा गाउँपालिका–१ निवासी उनको ७२ वर्षको उमेरमा निधन भएको हो।

कहिले आगो ननिभाउने उनको खिर पकाउने भट्टी सामाजिक सञ्जालमा बेलाबखत भाइरल नै हुने गरेको थियो। आजभोलि साहुखर्कमा अन्य खिर पसल पनि सञ्चालनमा आएका छन्। उनको निधनप्रति गन्यापधुरा गाउँपालिकाले समवेदना प्रकट गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved