योगेश भन्छन्:

‘नीति तथा कार्यक्रममा उल्लेख गरिएको जनयुद्ध शब्द स्वीकारे कांग्रेसलाई हिस्ट्रीले बाईबाई गर्छ’

योगेशकुमार भट्टराईले कांग्रेसलाई ‘जनयुद्ध शब्द स्वीकार्नुभएको हो ?’ भनेर प्रश्नसमेत गरेका छन् ।

नेपालभ्युज

‘नीति तथा कार्यक्रममा उल्लेख गरिएको जनयुद्ध शब्द स्वीकारे कांग्रेसलाई हिस्ट्रीले बाईबाई गर्छ’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिवसमेत रहेका सांसद योगेशकुमार भट्टराईले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समावेश गरिएको ‘जनयुद्ध’ शब्दप्रति आपत्ति जनाएका छन् । जारी छलफलमा भाग लिँदै भट्टराईले यसमाथि आपत्ति जनाएका हुन् ।

“सम्बोधनको पहिलो नम्बर बुँदामा हाम्रो असहमति छ । विगतमा भएका आन्दोलनहरूको व्याख्या गर्दै त्यहाँ जनयुद्ध शब्द पनि छ । यस विषयमा संविधान सभामा पर्याप्त बहस भएको हो । २०७२ पछिका सरकारी दस्तावेजहरूमा यो शब्द कहीँ पनि उल्लेख गरिएको छैन । तर, यो शब्द पहिलोपटक प्रधानमन्त्रीज्यूले राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनुभयो,” भट्टराईले भनेका छन् ।

उनले यही सन्दर्भमा कांग्रेसलाई ‘जनयुद्ध शब्द स्वीकार्नुभएको हो ?’ भनेर प्रश्नसमेत गरेका छन् । अमेरिकी राजनीतिज्ञ फ्रान्सिस फुकुयामाको पुस्तक ‘इन्ड अफ हिस्ट्री’ को सन्दर्भ उतार्दै भट्टराईले कांग्रेसले जनयुद्ध शब्द स्वीकारे उसको पनि ‘इन्ड अफि हिस्ट्री’ हुने बताएका छन् । ‘यही कांग्रेसले जनयुद्ध शब्द स्वीकार्छ भने कांग्रेसले हिस्ट्रीले बाईबाई भन्नेछ,’ उनले भनेका छन् ।

उनले यसको जवाफ आफूलाई कांग्रेस सभापति शेरबहादुर देउवाबाटै सुन्न मन भएको बताए । “शेरबहादुर देउवाबाटै यसको जवाफ पाउन पाए हुन्थ्यो । आजको गठबन्धनमा सबैभन्दा ठूलो दलको नेता हुनुहुन्छ । उहाँको स्वीकृतिबिना यो नीति तथा कार्यक्रम कसरी बन्यो होला ?,” उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved