‘ए’ डिभिजन लिग : मछिन्द्रले एनआरटीलाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : मछिन्द्रले एनआरटीलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको हो। च्यासल रंगशालामा आइतबार भएको खेलमा साविक विजेता मछिन्द्रले एनआरटीलाई २–० गोलअन्तरले पराजित गरेको हो।

मछिन्द्रको लागि आफिज ओलावाले र सौरभ लिम्बुले गोल गरे। खेलको ३१ औँ मिनेटमा आफिजले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। सौरभले इन्ज्युरी समयमा मछिन्द्रको लागि दोस्रो गोल गरे। यससँगै मछिन्द्रले २० खेलबाट ३४ अंक जोडेको छ। एनआरटीलृ भने २० खेलबाट २३ अंक जोडेको छ।

यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङ मर्स्याङ्दी र एपीएफ क्लबबीचको खेल २–२ गोलको बराबरीमा सकियो।मनाङको लागि कोफी कुडो र सुमित श्रेष्ठले गोल गरे। एपीएफको लागि भने नविन लामा र अर्मान्ड बिडोमले गोल गरे।

१३औँ मिनेटमा कोफीले गोल गर्दै मनाङलाई अग्रता दिलाए। २०औँ मिनेटमा एपीएफको लागि नवीनले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए। २६औँ मिनेटमा सुमितले मनाङको लागि दोस्रो गोल गरे। ६४औँ मिनेटमा अर्मान्डले एपीएफको लागि गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा पुर्‍याए।

यससँगै मनाङले २० खेलबाट २४ अंक जोडेको छ। एपीएफले भने २० खेलबाट २३ अंक जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved