बागमती सरकार विस्तार, कांग्रेसका ४ र नेकपा एसका २ मन्त्री थपिए

नेपालभ्युज

बागमती सरकार विस्तार, कांग्रेसका ४ र नेकपा एसका २ मन्त्री थपिए

काठमाडौं । बागमती प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट ४ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री थपेका हुन् ।

कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी र उत्तम जोशी स्वास्थ्य तथा रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बनेका छन् ।

नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात र राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीले अहिले केहीबेरमा शपथ लिने बताइएको छ ।
मन्त्रिपरिषद अब १२ सदस्यीय भएको छ । जसमा नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित ४ र एकीकृत समाजवादीका २ जना मन्त्री छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved