माइग्रेन कम गर्ने खाना

नेपालभ्युज

माइग्रेन कम गर्ने खाना

एजेन्सी । केही खानेकुरा त्यस्ता हुन्छन् जसले माइग्रेनमा हुने टाउको दुखाईलाई अझै बढाउँछन् । तर केही खानेकुरा यस्ता पनि छन् जसले माइग्रेनलाई कम गर्दछन् । यी खानेकुराले नै माइग्रेन ठिक त हुँदैन तर केही हदसम्म टाउको दुखाई कम गर्न भने सकिन्छ । त्यसैले खानामा यस्ता खानेकुरालाई समावेश गर्न सकिन्छ ।

बोसोदार माछा

माइग्रेनमा बोसोदार यानिकी फ्याटी फिसको सेवन गर्नु फाइदाजनक मानिन्छ । यसमा ओमेगा–३ फ्याटी एसिड हुन्छ, जो माइग्रेनले पिडीत व्यक्तिका लागि राम्रो हुन्छ ।

पानी

माइग्रेनका लागि सबैभन्दा राम्रो उपचार भनेको आफूलाई हाइड्रेट राख्नु हो । दैनिक कम्तीमा १० गिलास पानी अवश्य पिउनुहोस् ।

नट्स

नट्सहरु कैयौं प्रकारका पोषक तत्वहरु पाइन्छन् । यी तपाईंको शरीरसँगै माइग्रेनको उपचारका लागि पनि एकदमै प्रभावकारी हुन्छन् । काजु, बदाम, ओखर, फर्सीको बीज आदिको सेवन गर्नुपर्दछ ।

पालक

माइग्रेनका लागि हरियो साग पनि एकदमै फाइदाजनक हुन्छ । त्यसमा पनि विशेषगरी पालकको साग एकदमै फाइदाजनक हुन्छ । यसमा फोलिक एसिड, भिटामिन बी र म्याग्नेशियम पाइन्छ, जसले माइग्रेन कम गर्ने गर्दछ ।

अदुवा

यसमा कैयौं त्यस्ता तत्व पाइन्छन्, जो ननस्टेराएडल एन्टीइन्फ्लामेटरी हुन्छन् । त्यसैले अदुवा पनि माइग्रेनको दुखाईबाट राहत दिन एकदमै प्रभावकारी हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved