काठमाडौं उड्न लागेको बुद्ध एयरमा मुसा देखिएपछि उडान स्थगित

नेपालभ्युज

काठमाडौं उड्न लागेको बुद्ध एयरमा मुसा देखिएपछि उडान स्थगित
फाइल तस्वीर

काठमाडौं। जनकपुरबाट काठमाडौंतर्फ उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा दखिएपछि उडान स्थगित भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार बोर्डिङपास भइसकेपछि यात्रुले मुसा देखेका थिए।  त्यसपछि उडान स्थगित भएको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यात्रुले मुसा देखेपछि उडान स्थगित भएको र यात्रु अर्को जहाजमार्फत काठमाडौंतर्फ आइरहेको बताए ।

उनले भने, ‘यात्रुहरू ल्यान्ड हुने समय भइसक्यो । बुद्धको जहाजमा केही प्राविधिक खराबी देखिएको छैन,’ निरौलाले भने, ‘तर मुसा देखिएपछि चेकजाँच गर्न प्राविधिक टोली जनकपुरतर्फ लागिसकेको छ ।’

जहाजमार्फत ४९ जना यात्रु काठमाडौंतर्फ आउन लागेका थिए । जहाज आजै बिहान साढे ८ बजे जनकपुर पुगेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved