आईपीएल :  बेंग्लोरले हैदरावादलाई हरायो, विराट कोहलीको पहिलो शतक

नेपालभ्युज

आईपीएल :  बेंग्लोरले हैदरावादलाई हरायो, विराट कोहलीको पहिलो शतक

एजेन्सी। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेंग्लोरले सनराइजर्स हैदराबादलाई ८ विकेटले  हराएको छ ।

हैदरावादको घरेलु मैदानमा १ सय ८७ रनको बलियो विजयी लक्ष्य बेंगलोरले २ विकेट गुमाउएर ४ बल बाँकी छँदै पूरा गर्यो ।

बेंगलोरका ओपनर विराट कोहलीले ६३ बलमा १२ चौका र ४ छक्कासहित १ सय रन बनाए । कोहलीको यो आइपिएल करिअरको छैटौं शतक हो । अर्का ओपनर फाफ डु प्लेसिसले ७१ रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली हैदराबादले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । हैदराबादका विकेटकिपर हेनरिक क्लासेनले ५१ बलमा ८ चौका र ६ छक्कासहित १ सय ४ रन बनाए । आईपीएलमा उनको यो शतक हो ।

बेंगलोरका माइकल ब्रेसवेलले २ विकेट लिए । मोहम्मद शिराज, हर्षल पटेल र शहबाज अहमदले समान एक विकेट लिए ।

यो जितसँगै बेंगलोरले शीर्ष चारमा रहँदै सोझै प्लेअफ खेल्ने सम्भावना उच्च बनाएको छ । बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ चौथो स्थानमा छ । हैदरावाद बाहिरिइसकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved