रेशम चौधरी भन्छन्- सर्वोच्च अदालतको फैसला न्यायिक छैन तर स्वीकार्नुको विकल्प छैन

नेपालभ्युज

रेशम चौधरी भन्छन्- सर्वोच्च अदालतको फैसला न्यायिक छैन तर स्वीकार्नुको विकल्प छैन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक तथा टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन‍्  ।

उनले बुधबार एक विज्ञप्ति प्रकाशित गरी आफूमाथिको जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नभएको बताएका हुन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘मिति २०८० जेठ २ गते सम्माननीय सर्वोच्च अदालतले गरेको फैसलामा मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न, हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ, म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु । स्वस्थ छु । रत्तिभर मन विचलित छैन । अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सञ्जालमा जे पायो त्यही पोस्ट नगर्न हुन अनुरोध गर्दछु ।’

आफूलाई अझै सर्वोच्च न्यायालयप्रति भरोसा रहेको उनको भनाइ छ । ‘हामी अझै न्यायिक पर्खाइमा छौँ । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु’, आफू पुस्तक लेखिरहेको भन्दै केही दिनमा ‘धरातल’ नामक पुस्तकमा आउने उनले जानकारी गराएका छन् ।

 

–––


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved