राप्रपा बैठकमा भनाभन !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा नेताहरूबीच भनाभनको अवस्था आएको छ ।

नेपालभ्युज

राप्रपा बैठकमा भनाभन !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा नेताहरूबीच भनाभनको अवस्था आएको छ । यसपछि केहीबेर बैठकसमेत स्थगित गर्नुपरेको थियो ।

सोमबारबाट सुरू भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखिरहेका छन् । मङ्गलबार दिउँसो आफ्नो धारणा राख्ने क्रममा केन्द्रीय सदस्य किशोर कार्कीले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

कार्कीले लिङ्देन यसअघि आफैँले भनेको ‘चोर नेता’ को पछि लागेको टिप्पणी गरेका थिए । त्यसपछि राजेन्द्र-किशोरबीच भनाभन सुरू भयो । त्यहीबीच लिङ्देनले कार्कीलाई ‘मनपरी नबोल्नुस्, अनुशासनको कारबाही गर्छु’ भनेका थिए ।

मंसिरको संसदीय निर्वाचनअघि कार्कीको नेतृत्वमा ६३ नेताहरूले अध्यक्ष लिङ्देनलाई ‘कार्यशैली सुधार्नुस्’ भन्दै ध्यानाकर्षणपत्र बुझाएका थिए । उक्त ध्यानाकर्षणपत्रको कुनै सम्बोधन नभएको भन्दै कार्कीले अध्यक्ष लिङ्देनको आलोचना गरेका थिए । कार्कीलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, “यस्तो पनि नेतृत्व हुन्छ, नेता हुन्छ । पार्टीमा हरेक विचारहरूलाई सम्बोधन गर्नुपर्दैन ? यसरी पार्टी कहाँ पुग्छ ?”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved