शरणार्थी प्रकरण बालकृष्ण खाणको नेतृत्वमा सुरु भएको हो : शंकर पोखरेल

नेपालभ्युज

शरणार्थी प्रकरण बालकृष्ण खाणको नेतृत्वमा सुरु भएको हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नक्कली भूटानी शरणार्थी प्रकरणको सुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा भएको आरोप लगाएका छन् ।

एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाणको मुख्य योजनामा सो प्रकरण सुरु भएको उनको जिकिर थियो ।

राष्ट्रिय युवासंघ नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महासचिव पोखरेलले राष्ट्रमाथि घात हुने खालको सो प्रकरणमा बद्ममासी अरुले गरेपनि आफ्नो पार्टीलाई दोषी सावित गर्ने धृष्टता भइरहेको दाबी गरे ।

उनले सो अपराधमा संलग्नहरु भ्रष्टाचार विरोधी अभियानको नेताजस्तो गरेर हिँडिरहेको उल्लेख गर्दै उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गरे ।

महासचिव पोखरेलले तत्कालीन माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन गर्न वर्तमान सरकारलाई चुनौती समेत दिए । मुलुकमा भएका ठूलाठूला भ्रष्टाचारको काण्ड छानबिन गर्न एमाले तयार रहेको उनको भनाई छ ।

महासचिव पोखरेलले कमजोर पार्टीको नेतृत्वमा सरकार बनेकाले पनि मुलुकको अर्थतन्त्र संकटमा पुगेको दोहोर्‍याए । उनले देउवा नेतृत्वकै तत्कालीन पाँच दलीय गठबन्धनको सरकारले अनधिकृत व्यक्तिलाई समावेश गरेर बजेट बनाउँदा मुलुकमा आर्थिक संकट आएको दाबी पनि गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved