लामो समय सत्तामा बसेर पनि उपलब्धि दिन नसक्दा जनताले विकल्प खोजे : अध्यक्ष डा.भट्टराई

नेपालभ्युज

लामो समय सत्तामा बसेर पनि उपलब्धि दिन नसक्दा जनताले विकल्प खोजे : अध्यक्ष डा.भट्टराई

काठमाडौं ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समायानुकलु जनताका एजेण्डा बोकेर क्रान्तिकारी एक ठाउँमा उभिनुपर्ने बेला भएको बताएका छन् ।

सोमवार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले समयानुकुल एजेण्डा र जनताको चाहना बोकेर अघि बढ्न आवश्यक भएको बताए । अध्यक्ष भट्टराईले लामो समय सत्तामा रहेर पनि कुनै उपलब्धि दिन नसक्दा जनताले नयाँ विकल्प खोजेको बताए । उनले विगतका गाथा मात्रै गाएर बस्ने हो भने जनता कम्युनिष्टबाट अलग्गिन सक्ने खतरा रहेको उल्लेख गरे ।

;हामीले लामो संघर्ष गरेर सात सालदेखिका आन्दोलन र माओवादी जनयुद्ध हुँदै आउँदा लोकतन्त्रको लडाईं त मुल रुपमा सम्पन्न गरका छौँ तर पूर्ण रुपमा विजयी पाउन सकेका होइनौँ । हाम्रो क्रान्ति एक प्रकारको हलाल क्रान्ति थियो, छिनाल क्रान्ति होइन, कतिपय यथास्थितिवादी पश्चगामी सोच राख्ने शक्तिसँग पनि सम्झौता गर्न बाध्य भयौँ ‘ उनले भने, ‘त्यसले जुन प्रकारका नीति लागू गर्न सक्नुपर्दथ्यो, खासगरी वैज्ञानिक भूमि सुधार गरेर किसानमा जमिनको पहुँच, शिक्षा स्वास्थ्य सामाजिक सुरक्षामा सबै जनताको अधिकार स्थापित गर्ने कुरा, त्यसैभित्र उद्योगधन्दा खोलेर रोजगारी गर्ने काम फटाफाट गरेर जान सक्नुपर्ने थियो । हामीले सकेनौं । त्यसकारण युवामा असन्तुष्टि छ । नयाँपन खोजिराखेको छ ।’

भट्टराईले जनताले नयाँ विकल्प खोजिराखे पनि ठम्याउन नसकेको बताए । ‘हिजोका मात्रै गाथा गाएर बसिराख्यौं भने जनता हामीबाट अलग हुन सक्ने खतरा मैले देखिराखेको छु’ उनले भने, ‘खासगरी क्रान्तिपछि लामो समय सत्तामा बसिराख्यो भने सम्पूर्ण नेतृत्व नै सत्तामा गयो भने सत्ताको जुन चास्नी हुन्छ । त्यसले भ्रष्टिकरण गदिदिन्छ । अहिले जुन प्रकारका भ्रष्टाचारका कुरा आइरहेको छ । त्यो त्यसैको एउटा संकेत हो ।’

उनले कसरी निरन्तर क्रान्तिकारी भइराख्ने, कसरी भ्रष्टिकरणबाट बच्ने भन्ने एउटा र अर्को समय समयानुकुल वर्तमान एजेण्डा र जनताको चाहना ठम्याएर साथमा लिएर जान सक्नुपर्ने पनि बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved