उच्च रक्तचापका विरामीले जान्नै पर्ने १० कुरा

नेपालभ्युज

उच्च रक्तचापका विरामीले जान्नै पर्ने १० कुरा

एजेन्सी । उच्च रक्तचाप एउटा गम्भीर चिकित्सा स्थिति हो, जसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । किनकी यसले हृदयघात, मिर्गौला फेल हुने, स्ट्रोक र अन्धोपन जस्ता खतरा बढ्दछन् । यो विश्वभर अकाल मृत्युको एउटा कारण पनि हो ।

विश्व स्वास्थ्य संगठनको तत्थ्यांकअनुसार विश्वभरी अनुमानित १.१३ अरब मानिसमा उच्च रक्तचापको समस्या छ । जसमा ५ मध्ये एक व्यक्तिले मात्र यसलाई नियन्त्रण गर्न सकेको छ । उच्च रक्तचापको मूख्य कारण अस्वस्थ आहार, शारीरिक निस्कृयता, धुम्रपान तथा मध्यपान हो ।

यदि तपाईं उच्च रक्तचापको बिरामी हुनुहुन्छ भने विशेषज्ञका माध्यमबाट हामी केही टिप्स दिँदै छौं ।

१. उच्च रक्तचापको बिरामीले आफ्नो धेरै नै ख्याल राख्नु पर्ने हुन्छ । उनीहरुले नियमित रुपमा कम से कम १५ मिनेट ब्रिक्स वाक (छिटो छिटो हिँड्नु) गर्नु पर्दछ ।

२. उच्च रक्तचाप भएकाले नियमित रुपमा आफ्नो जाँच गरिराख्नु पर्दछ । यदि तपाईंलाई केही गडबडी लाग्छ भने तुरुन्तै डाक्टरको सल्लाह लिनु नै बुद्धिमानी हुन्छ ।

३. उच्च रक्तचापका रोगीले जंक फूड खानबाट बच्नुपर्दछ । त्यस्तै रक्सी तथा चुरोटको सेवन गर्नु हुँदैन । शारीरिक निस्कृयतालाई कम गर्न कसरत गर्नुपर्दछ ।

४. उच्च रक्तचापका रोगीले स्वस्थ खानपान गर्नुपर्दछ । खानपानमा फलफूल तथा हरियो तरकारीलाई समावेश अनिवार्य गर्नुपर्दछ ।

५. बिहान छिटो उठेर १५ देखि २० मिनेट अनिवार्य हिँड्ने । डाक्टरका अनुसार खानपानमा एक एक कचौरा हरियो तरिकारी र फलफूल दैनिक सेवन गर्नुपर्दछ ।

६. नुनको मात्रा कम सेवन गर्नु पर्छ । एक दिनको खानपानमा ५ देखि ६ ग्राम नुन सेवन गर्नु उचित हुन्छ । धेरै नुन खाँदा स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ ।

७. उच्च रक्तचापका बिरामीले प्रसोधित तथा प्रिजरवेटिव खाना सेवन गर्नु हुँदैन । प्याकेजका खानामा एकदमै धेरै मात्रामा नुन हुन्छ त्यसैले यस्तो खानबाट बच्नु पर्दछ ।

८. उच्च रक्तचापका बिरामीहरुलाई हृदयघात बाहेक अन्य समस्या पनि हुन सक्छन् जस्तो आँखाको रोशनी जाने, मिर्गौला सम्बन्धी समस्या आदि । यसबाहेक खुट्टाका नसामा रगत जम्मा हुने समस्या हुन्छ ।

९. अनियन्त्रित रक्तचापले हृदयघातको सम्भावना दुई गुणा बढाउँछ । उच्च रक्तचापले मुटु सम्बन्धी रोगलाई जन्म दिन सक्छ ।

१०. उच्च रक्तचापको समस्या झ्वाट हेरेर थाहा हुँदैन त्यसैले समय समयमा जाँच गर्नु एकदमै जरुरी हुन्छ । यसका साथै जीवनशैलीमा पनि सुधार ल्याउन आवश्यक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved