भुटानी शरणार्थी प्रकरणबारे आरजु राणाले भनिन्,- ‘मेरो चरित्रको बलात्कार भयो’

उनले भनिन्, ‘‘साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन (चरित्र हत्या) होइन, दिस इज रेप अफ माइ क्यारेक्टर (यो मेरो चरित्रको बलात्कार) हो।’’ महिलालाई राजनीतिमा आउँदा धेरै समस्याको सामना गर्नुपर्ने भन्दै आफूले बेहोरिरहेको बताइन्।

नेपालभ्युज

भुटानी शरणार्थी प्रकरणबारे आरजु राणाले भनिन्,- ‘मेरो चरित्रको बलात्कार भयो’

काठमाडौं। नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्रको बलात्कार भएको बताएकी छिन्। प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको बताएकी छन्।

उनले भनिन्, ‘‘साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन (चरित्र हत्या) होइन, दिस इज रेप अफ माइ क्यारेक्टर (यो मेरो चरित्रको बलात्कार) हो।’’

अडिओको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको बताइन्।

उनले भनिन्, ‘‘फेक अडियो मेरो मात्र होइन, अरूको पनि बनेको छ, नाम मेरो मात्र उच्चारण किन भइरहेको छ ?’’ महिलालाई राजनीतिमा आउँदा धेरै समस्याको सामना गर्नुपर्ने भन्दै आफूले बेहोरिरहेको बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved