काभ्रेमा लेदोले ४ वटा गाडी र एउटा घर पुर्‍यो

नेपालभ्युज

काभ्रेमा लेदोले ४ वटा गाडी र एउटा घर पुर्‍यो

काभ्रे। वर्षासँगै आएको लेदोले काभ्रेमा बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा क्षेत्रमा गाडी पुरिएका छन् ।

इलाका प्रहरी कार्यालय मङ्गलटारका अनुसार चार वटा सवारी साधन पुरिएका जनाएको छ । प्रहरीका अनुसार पुरिएका मध्ये एक वटा गाडी निकालिएको छ भने अझै तीन वटा पुरिएकै अवस्थामा रहेको जनाएको छ । 

अहिले राजमार्ग एकतर्फी सुचारु गरिएको छ भने पूर्ण रुपमा खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।  लेदोले एउटा घर पनि पुरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved