बंगलादेशमा ‘मोखा’ आँधी आउने चेतावनी, ५ लाखलाई सुरक्षित ठाउँमा सारियो

नेपालभ्युज

बंगलादेशमा ‘मोखा’ आँधी आउने चेतावनी, ५ लाखलाई सुरक्षित ठाउँमा सारियो

ढाका। बंगलादेशमा  ‘मोखा’ नाामक आँधीको चेतावनीसँगै ५ लाख बंगलादेशीलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातले विध्वंश निम्ताउन सक्ने भन्दै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोखाको सम्भावित विध्वंशबाट बचाउनका लागि बंगलादेशी सरकारले १५ सय अस्थायी शिविर निर्माण गरेको छ । जसमा ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरिएको छ।

प्रतिघण्टा १ सय ७० किलोमिटरको बेगले आउने ‘मोखा’ नामको आँधीले बंगलादेशको कक्स बजार बढी प्रभावित हुनसक्ने आँकलन गरी सो शिविरहरू निमार्ण गरिएको हो । सो आँधी आइतबार साँझ कक्स बजारको जमिनलाई तहस नहस गरेर अघि बढने मौसमविद्‌हरूले अनुमान गरेका छन् ।

हाल बंगलादेशमा भारी वर्षा भइरहेको छ भने आँधीबाट सुरक्षित स्थानमा जानका लागि सरकारले माइकमार्फत अनुरोध गरिरहेको छ ।

यसैगरी, कक्स लगायतका बंगलादेशका प्रभावित हुन सक्ने क्षेत्रहरूमा निरन्तर साइरनसहित रातो झण्डा फहराएर चेतावनी दिइएको छ । अझै केही दिनसम्म सक्रिय रहने मोखा आँधीले बाढी पहिरोसमेत ल्याउन सक्ने भन्दै सर्वसाधरणलाई सुरक्षित हुन अपिल गरिएको छ ।

बंगलादेशले दुई दशकपछि आइरहेको सबैभन्दा शक्तिशाली आँधीको रूपमा मोखालाई लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved