रातो खुर्सानी स्वास्थ्यका लागि हुन सक्छ खतरनाक

नेपालभ्युज

रातो खुर्सानी स्वास्थ्यका लागि हुन सक्छ खतरनाक

एजेन्सी । पिरो मन पर्ने भएकाले कतिपय व्यक्ति खानामा धेरै खुर्सानीको प्रयोग गर्दछन् । खानालाई पिरो बनाउन रातो खुर्सानीको एकदमै धेरै प्रयोग गरिन्छ ।

तर खानालाई स्वादिलो बनाउन प्रयोग गरिने रातो खुर्सानी स्वास्थ्यका लागि भने हानिकारक हुन्छ । रातो खुर्सानीको धेरै प्रयोग गर्नुहुन्छ भने एकपटक यसको नोक्सानी बारे जान्न जरुरी छ ।

दम

एकदमै थोरै मानिसलाई थाहा छ धेरै रातो खुर्सानीको सेवन दमका बिरामीका लागि एकदमै हानिकारक हुन सक्छ । यदि तपाईं दिनहुँ धेरै मात्रामा रातो खुर्सानी खाइरहनु भएको छ भने यसले दमको समस्या धेरै बढ्न सक्छ ।

यति मात्र नभएर दमको अट्याक कैयौं गुणा बढ्न सक्छ । यसले स्वासप्रस्वास सम्बन्धी समस्याको सम्भावना पनि अधिक हुन्छ ।

पखाला

खासगरी रातो खुर्सानी अत्यधिक सेवन गरेमा पचाउन गाह्रो हुन्छ जसले गर्दा शरीरमा पोषक तत्वको कमी हुन थाल्छ । निरन्तर रातो खुर्सानी खाँदा वान्ता हुने वा वाकवाकी लाग्ने सँगै पखाला लाग्ने समस्या पनि हुन सक्छ ।

पेटमा अल्सर

रातो खुर्सानी मुखका लागि स्वादिलो भए पनि यसले पेटमा गएर नकारात्मक असर गर्दछ । रातो खुर्सानीमा पाइने एफ्ल्याटोक्सिन तत्व पेट तथा कलेजोको क्यान्सरको कारण बन्न सक्छ । यस्तोमा धेरै मात्रामा रातो खुर्सानीको सेवनले कब्जियत तथा पेट दुख्ने समस्या हुन सक्छ ।

गर्भावस्थामा हानिकारक

गर्भवती महिलाले सकेसम्म रातो खुर्सानीको सेवन एकदमै कम गर्नुपर्छ । गर्भावस्थामा रातो खुर्सानीको सेवनले समय अघि नै बच्चा जन्मिने समस्या देखिन सक्छ ।

यति मात्र नभएर बच्चालाई स्वास सम्बन्धी समस्या हुने खतरा पनि एकदमै बढेर जान्छ । यस्तो हुनु भन्दा अगाडि नै गर्भावस्थामा रातो खुर्सानीको सेवन नगर्नु फाइदाजनक हुन्छ ।

मुखमा घाउ

आवश्यक भन्दा धेरै रातो खुर्सानीको सेवन गरेमा मुखमा घाउहरु आउन सक्छन् । वा जलनले मुखको छाला निस्कने समस्या पनि देखिन्छ । दिनहुँ रातो खुर्सानीको सेवनले गर्मी बनाइराख्छ जसले मुखको छाला निस्कने वा घाउ बन्ने समस्या देखिन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved