जित्नै लागेको खेल राजस्थानले गुमायो, अन्तिम नो बलमा हैदरावाद विजयी

नेपालभ्युज

जित्नै लागेको खेल राजस्थानले गुमायो, अन्तिम नो बलमा हैदरावाद विजयी

एजेन्सी। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गएरातिको खेल रोचक भएको छ ।

सनराइजर्स हैदरावादसँगको खेल जित्यौँ भनेर मैदानमा पुगेका राजस्थान रोयल्सका खेलाडी अन्तिममा निराश हुनुपरेको छ ।

राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको हैदरावादलाई अन्तिम बलमा १७ रन चाहिएको थियो । अझ अन्तिम बलमा ५ रन आवश्यक थियो । तर राजस्थानका खेलाडी क्याच आउट भए ।

राजस्थानका खेलाडीले खुसी मनाउन थालिसकेका थिए । तर जब अम्पायरले नो बलको संकेत दिए तब राजस्थानका खेलाडीको अनुहारमा बादल छायो । नो बलमा हैदरावादका अब्दुल सामदले छक्का हान्दै टिमलाई जिताए ।

हैदरावादका लागि अभिषेक शर्माले सर्वाधिक ५५ रन बनाए । राजस्थानका यजुवेन्द्र चहलले ४ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानका लागि जस बटलरले ९५, यशस्वी जयसवालले ३५ र सन्जु सामसनले नटआउट ६६ रन बनाए ।

नाटकीय जितसँगै हैदरावाद १० खेलमा ८ अंकसहित दिल्लीलाई पछि पार्दै पुछारबाट दोस्रो स्थानमा पुगेको छ । १० अंक रहेको राजस्थान चौथो स्थानमा यथावत छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved