‘ए’ डिभिजन लिग : मछिन्द्रले पुलिसलाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : मछिन्द्रले पुलिसलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा साबिक विजेता मछिन्द्रले पुलिसलाई २–१ ले पराजित गरेको हो ।

मछिन्द्रको लागि ओमोलाजा करिम र ओलावाले अफिजले गोल गरे । पुलिसको लािग भने अर्मान्ड बिडौमले गोल गरे । खेलको ३६औं मिनेटमा अर्मान्डले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समयमा मछिन्द्रको लागि गोल गर्दै करिमले खेललाई १–१ गोलको बराबरीमा पुर्‍याए । खेलको इन्ज्यूरी समयमा ओलावालेले मछिन्द्रको लागि दोस्रो गोल गरे ।

यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबको खेल भने १–१ गोलको बराबरीमा सकियो। संकटाको लागि युस्सेफ एट्रिसले गोल गरे भने आर्मीको लागि भरत खवासले गोल गरे । खेलको १८औं मिनेटमा भरतले गोल गर्दै आर्मीलाई अग्रता दिलाए ।

इन्ज्यूरी समयमा संकटाको लागि यूस्सेफले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved