सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रधानमन्त्री र ओलीबीच दोस्रोपटक भेट

नेपालभ्युज

सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रधानमन्त्री र ओलीबीच दोस्रोपटक भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भइरहेको छ। प्रधानमन्त्री दाहाललाई भेट्न ओली सिंहदरबार पुगेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि र सरकारका सचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेपछि ओली दोस्रोपटक प्रधानमन्त्री दाहाललाई भेट्न पुगेका हुन् ।

ओलीले यसअघि प्रधानमन्त्री दाहाललाई भेटेर सांसद रायमाझीलाई बाटोबाटै हत्कडी लगाउन नहुने बताएका थिए। त्यतिबेला रायमाझी गृहजिल्ला अर्घाखाँचीमा थिए । उनी पक्राउ पुर्जी जारी भएपछि फरार रहेको बताइए पनि बालकोटको संरक्षणमा रहेको प्रहरीको आशंका छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved