स्वस्थ कलेजोको लागि उखुको जुस

नेपालभ्युज

स्वस्थ कलेजोको लागि उखुको जुस

एजेन्सी। स्वस्थ शरीरको लागि हाम्रो कलेजो पनि स्वस्थ हुन जरुरी छ । शरीरबाट टक्सिन्स तथा फोहोरलाई बाहिर निकाल्न वा पाचन प्रक्रियालाई राम्रो बनाउने जस्ता काममा कलेजोको महत्त्वपूर्ण भूमिका हुन्छ । शरीरमा स्वस्थ तौल नियन्त्रण गर्न तथा बोसो कम गर्नका लागि पनि कलेजो स्वस्थ हुन एकदमै जरुरी हुन्छ । तर, अहिले मानिसहरुको जीवनशैली एकदमै खराब भइसकेको छ ।

मानिसहरु अहिले बाहिरको खानेकुरा तथा चिल्लो पिरोहरू एकदमै धेरै सेवन गर्दछन् । साथमा मध्यपान तथा धुम्रपानको सेवन पनि सामान्य भइसकेको छ । जसले गर्दा कलेजोमा एकदमै नराम्रो असर गर्दछ । त्यसैले कम उमेरकै व्यक्तिहरू पनि अहिले कलेजोको समस्या लिएर हस्पिटल जाने गर्दछन् ।

तर, के तपाईंलाई थाहा छ ? गर्मीमा उखुको जुस पिउनाले कलेजोलाई स्वस्थ राख्न एकदमै फाइदा गर्दछ । स्वास्थ्य विशेषज्ञलाई मान्ने हो भने पनि, उखुको जुस कलेजोको स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुन्छ । यसले लिवरको कामलाई राम्रो बनाउँछ साथै यससँग जोडिएका समस्याहरूबाट बाहिर आउनका लागि सहयोगी हुन्छ ।

समस्या निम्तिइसकेपछि डाक्टरमा जानुको विकल्प छैन । तर, पनि आफ्नो खानपानमा उखुको जुसलाई समावेश गरेमा लिवरले राम्रोसँग काम गर्नका लागि फाइदा गर्दछ । जानौं यसबारेमा विस्तारमा–

उखुको जुस पिउनुका फाइदा

उखुको रसमा एन्टीअक्सीडेन्ट हुन्छ जसले शरीरको फोहोरलाई नष्ट गर्न सहयोग गर्दछ । यसले पित्तलाई सन्तुलित बनाइरहन्छ । साथै, यसले त्यस्तो इन्जाइमलाई बढाउने गर्छ जो लिवरको सरसफाइमा लागिरहेका हुन्छन् । फ्याटी लिवर तथा अन्य लिवरसम्बन्धी समस्याका लागि उखुको जुस पिउनु फाइदाजनक हुन्छ ।

यसले लिवरलाई बलियो बनाउनुका साथै लिवरको कार्यमा सुधार ल्याउँछ । उखुको जुसले लिवरमा हुने संक्रमणबाट पनि जोगाउँछ । यसबाहेक उखुको जुस पिउँदा बिलीरुबिनको स्तरलाई सामान्य राख्न सहयोग पुग्छ, जो जन्डिस रोगका लागि पनि फाइदाजनक हुन्छ ।

साथै, यसले भोजनलाई राम्रोसँग पचाउन सहयोग गर्छ साथै शरीरमा एसिडको स्तरलाई सामान्य बनाइराख्छ । यसले लिवर सुन्निने जस्तो समस्यालाई पनि टाढा भगाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved