पोखरामा मुवाथाईको समर क्याम्प सुरु

नेपालभ्युज

पोखरामा मुवाथाईको समर क्याम्प सुरु

पोखरा। पोखरामा मुवाथाई मार्सल आर्टको समर क्याम्प सुरु भएको छ । पाँचहप्ते लामो उक्त समर क्याम्प मंगलबार पोखरा रंगशालामा सुरु भएको हो ।

सो समर क्याम्पको गण्डकी प्रदेशका सांसद प्रकाश बरालले एक कार्यक्रमका बीच शुभारम्भ गरे । सो अवसरमा बोल्दै सांसद बरालले विद्यार्थी लक्षित समर क्याम्पले उनीहरूभित्र रहेको खेल अन्तर्निहित क्षमता उजागर गर्न सहयोग पुग्ने बताउँदै आत्मरक्षा र खेल विकासका लागि समेत उत्तिकै महत्त्वपूर्ण रहने बताए ।

निः शुल्करूपमा आयोजित उक्त प्रशिक्षणको प्रशंसा गर्दै सांसद बरालले अन्य खेलकुद सम्बद्ध संस्थाहरूले समेत आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा बोल्दै क्षेत्रीय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिनाले पछिल्लो समय बालबालिकामा बढ्दै गएको मोबाइल मोहलाई कम गराउन उनीहरूलाई खेल मैदानमा ल्याउन अभिभावकहरू सचेत हुनुपर्ने बताए । बालबालिकामा बढ्दै गएको नकारात्मक प्रभाव कम गर्न र उनीहरूलाई अध्ययनतर्फ रुचि बढाउनसमेत खेलकुद प्रभावकारी हुने उनले उल्लेख गरे ।

कार्यक्रमका संयोजक तथा प्रदेश खेलकुद परिषदक सदस्य खगेन्द्र क्षेत्रीका अनुसार उक्त समर क्याम्पमा विभिन्न विद्यालयका कुद ११८ जना सहभागी छन् । तीमध्ये ५२ जना अन्य मार्शल आर्ट खेलसँग सम्बद्ध रहेको मुआथाइका अन्तर्राष्ट्रिय प्रशिक्षकसमेत रहेका क्षेत्रीले बताए ।

सिनियर मार्सल आर्ट प्रशिक्षक शिव गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुदका उपाध्यक्ष ध्वजकुमार गुरुङ, कार्यकारी सदस्य दिलबहादुर गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली, जिल्ला खेलकुद कास्कीका अध्यक्ष तोरण बानियाँ, पोखरा महानगर खेलकुदका अध्यक्ष सुवास खड्का लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा सहभागी खेलाडीहरूले मुआथाई खेलको वायक्रु नृत्यलगायत अन्य खेलकुद गतिविधि प्रस्तुत गरेका थिए भने कार्यक्रममा सहयोगीहरूलाई समेत मायाँको चिनोसहित सम्मान गरिएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा मुआथाईका अन्तर्राष्ट्रिय प्रशिक्षक रहेका क्षेत्री, ज्ञानेन्द्र सिंह, अनिश बुढा मगर, सुष्मा चौधरी, अर्मान गुरुङ र आयुष गुरुङले नि:शुल्क रूपमा प्रशिक्षण दिनेछन् । प्रशिक्षक क्षेत्रीले नि:शुल्क टिसर्ट, पानीको बोत्तल, झोलालगायतका किट्सहरू समेत सहभागीलाई नि:शुल्क प्रदान गरे ।

सो समर क्याम्पलाई नेपाल मुआथाई संघ गण्डकी प्रदेश र नेपाल राष्ट्रिय मुवांथाई संघ केन्द्रको विशेष सहयोग एवं समन्वय रहेको छ ।

के हो मुआथाई खेल ?


मुआथाई खेल थाइल्यान्डमा जन्मिएको खेल हो । यो थाइल्यान्ड हुँदै विश्वभरि फैलिएको छ । १३औं शताब्दीमा युद्धकला सिक्न सुरु भएको मुआथाई १८औं शताब्दीमा आएर तत्कालीन राजाहरूले यसलाई खेलको रूपमा विकास गरेका थिए ।

मुआथाई विश्वकै नं १ मार्सल आर्ट खेलको रूपमा लिइन्छ । यो खेलले थाइल्यान्डको खेलमार्फत अर्थतन्त्रम समेत सकारात्मक प्रभाव परेको बताइन्छ । विश्वका संयौं मार्सल आर्ट खेलाडीहरू यो खेल सिक्न थाइल्यान्ड पुग्ने गरेका छन् । नेपालमा समेत विस्तारै यो खेलको विकास अघि बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved