हत्याको १२ दिनपछि नीराको अन्त्येष्टि, चितामा लेखियो ‘न्याय नपाएको लास जलिरहेछ’

सरस्वतीनगरकी नीरा पाण्डे आचार्यको हत्याका आरोपी विनोद विक पक्राउ परेसँगै परिवारले शव बुझेर अन्तिम संस्कार गरेका छन्। अन्त्येष्टिमा आफन्तले विरोध स्वरूप चितामा ‘न्याय नपाएको लास जलिरहेछ’ लेखेर टाँसेका थिए।

नेपालभ्युज

हत्याको १२ दिनपछि नीराको अन्त्येष्टि, चितामा लेखियो ‘न्याय नपाएको लास जलिरहेछ’

काठमाडौं। सरस्वतीनगरकी नीरा पाण्डे आचार्यको हत्याका आरोपी विनोद विक पक्राउ परेसँगै परिवारले शव बुझेर अन्तिम संस्कार गरेका छन्।

बीभत्स हत्यापछि उनको माइती पक्ष र आफन्त निरन्तर आन्दोलनमा थिए। प्रहरीले शनिबार विकलाई बिर्तामोडमा पक्राउ गरेर आइतबार सार्वजनिक गरेपछि परिवारले शव बुझेर सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरेका हुन्। अन्त्येष्टिमा आफन्तले विरोध स्वरूप चितामा ‘न्याय नपाएको लास जलिरहेछ’ लेखेर टाँसेका थिए।

प्रारम्भमा लुटपाटलाई हत्याको कारण नमानेको प्रहरीले आइतबार हत्याको कारण लुटपाटै भएको दाबी गर्‍यो।

क्यासनोमा जुवा खेल्ने लतमा तीन लाख ऋण लागेका र खर्चहिन भएपछि लुट्ने ठाउँ खोज्दै हिँडेको र नीरा पसलमा एक्लै देखेपछि सामान किन्ने बहानामा गएर सिक्री लुट्ने क्रममा छुरीले हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।

सरस्वतीनगर हत्या प्रकरण: एक तोला सुनको लागि मानिस यति क्रुर हुन सक्दोरहेछ !

क्यासिनो खेलेर हारेको ऋण तिर्न एक तोलाको सिक्री लुटेर नीराको हत्या

सरस्वतीनगर हत्या प्रकरण: नीराको पसलमा अभियुक्त विनोदको त्यो ८ मिनेट

अभियुक्तको बयान- ‘सिक्री लुटेर भाग्दा चिच्याइन्, अनि चक्कु रोपेर मारेँ’

क्राइम सिन : मध्य शहरमा नीरालाई छुरा हानेर मार्दा छिमेकीले कसरी थाहा पाएनन् ?

सरस्वतीनगर हत्या प्रकरण: ठमेलको नाइट क्लबका बाउन्सर झापाबाट पक्राउ

आमा खोज्दै रुन्छिन् नीराकी नाबालिका छोरी, कसले देला वात्सल्यताको न्यानो काख

रहस्यमय बन्दै नीराको हत्या, न्याय माग्दै आफन्त आन्दोलित

सडकमा सीसीक्यामरा नहुँदा नीराका अपराधीको ‘क्लु’ पाउन प्रहरीलाई मुस्किल (भिडिओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved