सरस्वतीनगर हत्या प्रकरण: नीराको पसलमा अभियुक्त विनोदको त्यो ८ मिनेट

राइडिङ शेयररिङ एप्स इन्ड्राइभ चालकसँग अफलाइन चढेर नीराको पसल पुगेका थिए। विनोदले ८ मिनेटको बीचमा हत्या गरेको खुलेको हो।
दिउँसो २ बजेर ४६ मिनेट जाँदा विनोद घटनास्थलमा पुगेका थिए। प्रहरीका अनुसार पसलमा पुगेपछि विनोदले सामान किन्ने बहाना बनाएका थिए। उनी २ बजेर ५४ मिनेट जाँदा घटनास्थलबाट बाहिरिए।

नेपालभ्युज

सरस्वतीनगर हत्या प्रकरण: नीराको पसलमा अभियुक्त विनोदको त्यो ८ मिनेट

काठमाडौं। ७ वैशाखमा काठमाडौंको सरस्वतीनगरमा भएको नीरा पाण्डे आचार्यको हत्याको क्रममा अभियुक्तले हत्यादेखि लुटपाट ८ मिनेटभित्र गरेको खुलेको छ। हत्यामा संलग्न भएका भनिएका विनोद विकले प्रारम्भिक बयानमा ती कुरा खुलाएका हुन्।

राइडिङ शेयररिङ एप्स इन्ड्राइभ चालकसँग अफलाइन चढेर नीराको पसल पुगेका थिए। विनोदले ८ मिनेटको बीचमा हत्या गरेको खुलेको हो।
दिउँसो २ बजेर ४६ मिनेट जाँदा विनोद घटनास्थलमा पुगेका थिए। प्रहरीका अनुसार पसलमा पुगेपछि विनोदले सामान किन्ने बहाना बनाएका थिए। सामान प्याक गर्न लगाए।

पैसा दिन काउन्टरमा गएको बहानामा सिक्री लुट्न खोजे। नीरुले प्रतिकार गरेको र प्रतिकारबाट बच्न विनोदले चक्कु प्रहार गरेको खुलेको छ। सो क्रममा विनोदले नीरुको शरीरमा करिब २० ठाउँमा चक्कु हानेका थिए। उनी २ बजेर ५४ मिनेट जाँदा घटनास्थलबाट बाहिरिए।

अभियुक्तको बयान- ‘सिक्री लुटेर भाग्दा चिच्याइन्, अनि चक्कु रोपेर मारेँ’

उनले आफ्नो हुलिया चिन्न गाह्रो पर्नेगरी अनुहारमा मास्क लगाएका थिए। सीसी क्यामेरा फुटेजमा पनि राम्रोसँग खुल्न सकेको थिएन। प्रहरीले धेरै मेहनत गरेर उनको अनुहारको पहिचान गरेको थियो।

विनोदले हत्या गर्नुको थप कारणबारे अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। उनी काठमाडौंकै एक नाइट क्लबका बाउन्सर थिए। तर, पछिल्लो समय जागिर छाडेको बताएका सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन्।

क्राइम सिन : मध्य शहरमा नीरालाई छुरा हानेर मार्दा छिमेकीले कसरी थाहा पाएनन् ?

हत्या भएको ९ दिनपछि शुक्रबार राति विनोदलाई झापामा रहेका साथीको कोठामा लुकिबसेको अवस्थामा पक्राउ परेका गरिएको थियो। त्यसलगत्तै प्रहरीले विनोद बस्दै आएको काठमाडौँस्थित कोठामा छापामारी हत्याको समयमा प्रयोग भएको कपडा र अन्य केही प्रमाण बरामद गरेको छ।

सरस्वतीनगर हत्या प्रकरण: ठमेलको नाइट क्लबका बाउन्सर झापाबाट पक्राउ

आमा खोज्दै रुन्छिन् नीराकी नाबालिका छोरी, कसले देला वात्सल्यताको न्यानो काख

रहस्यमय बन्दै नीराको हत्या, न्याय माग्दै आफन्त आन्दोलित

सडकमा सीसीक्यामरा नहुँदा नीराका अपराधीको ‘क्लु’ पाउन प्रहरीलाई मुस्किल (भिडिओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved