सरस्वतीनगर हत्या प्रकरण :

क्यासिनो खेलेर हारेको ऋण तिर्न एक तोलाको सिक्री लुटेर नीराको हत्या

‘‘झापामा हुँदा उनको क्यासिनो खेल्न लत रहेछ। ऋण लिएर क्यासिनो खोल्दा हारेछन्। तीन लाख रुपैयाँ जति ऋण रहेछ। त्यो तिर्नको लागि आयस्रोत भएनछ। काठमाडौंमा बाउन्सर काम गरेर पनि पैसा नपुगेपछि सुन लुटेर पैसा कमाउने सोच बनाएछन्’’ एसएसपी दिनेश आचार्यले भने।

नेपालभ्युज

क्यासिनो खेलेर हारेको ऋण तिर्न एक तोलाको सिक्री लुटेर नीराको हत्या

काठमाडौं। काठमाडौंको सरस्वतीनगरकी भाँडा पसल सञ्चालक नीरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएका प्रहरीले बताएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले नीराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताए।

‘‘झापामा हुँदा उनको क्यासिनो खेल्न लत रहेछ। ऋण लिएर क्यासिनो खोल्दा हारेछन्। तीन लाख रुपैयाँ जति ऋण रहेछ। त्यो तिर्नको लागि आयस्रोत भएनछ। काठमाडौंमा बाउन्सर काम गरेर पनि पैसा नपुगेपछि सुन लुटेर पैसा कमाउने सोच बनाएछन्’’ एसएसपी दिनेश आचार्यले भने।

नीरा गत वैशाख ७ मा दिउँसो ३ बजे ‘नीरु किचेन’ भित्रै मृत फेला परेकी थिइन् । उनको शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरिएको थियो।

सरस्वतीनगर हत्या प्रकरण: नीराको पसलमा अभियुक्त विनोदको त्यो ८ मिनेट

एसएसपी आचार्यले थप अनुसन्धान भएर नयाँ चिज पनि आउन सक्ने बताए। निराको परिवारसँग र अभियुक्तबीच यसअघि सम्पर्क नभएको पाइएको पनि प्रहरीले बताएको छ।

नीराका आफन्त सचिन पाण्डेका अनुसार अर्घाखाँची माइती भएकी नीराको बागलुङका योगेन्द्रसँग विवाह भएको थियो । उनीहरू व्यापार, व्यवसाय गर्दै काठमाडौंमा बस्दै आएका थिए ।

विवाह गर्नुअघि नीरा सुकेधारास्थित आफ्नै दाइ यमलालको पसलमा डेढ वर्षजति सहयोगी भएर काम गरेकी थिइन्। नीरु किचेन’ भन्दा केही पर अर्को पसल उनका श्रीमानले सम्हाल्थे ।

अभियुक्तको बयान- ‘सिक्री लुटेर भाग्दा चिच्याइन्, अनि चक्कु रोपेर मारेँ’

घटनाको दिन एक ग्राहक ‘नीरु किचेन’ पुग्दा नीरुलाई नदेखेपछि सोधखोज गर्दा पसलभित्रै चोटैचोट, रक्ताम्मे स्थितिमा भेटिएकी थिइन् । प्रहरी प्रभाग, कपनको टोली घटनास्थल पुगेपछि नीरालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार हत्या आरोपीले त्यसअघि क्यासिनोमा खेल्न लिएको तीन लाख रुपैयाँ ऋण तिर्न सिक्री लुटेको आरोपी बयान दिएका छन्। आरोपीको घरमा श्रीमती भएर पनि बाहिर अफेयर चलेको र लुटपाट कार्यमा समेत संलग्न हुँदै आएको प्रहरीको अनुमान छ ।

क्राइम सिन : मध्य शहरमा नीरालाई छुरा हानेर मार्दा छिमेकीले कसरी थाहा पाएनन् ?

नीराको शव हाल त्रिवि अस्पतालमै राखिएको छ। हत्यारा सार्वजनिक नभएसम्म दाहसंस्कार नगर्ने भन्दै नीराका आफन्त आन्दोलनरत छन्।

सरस्वतीनगर हत्या प्रकरण: ठमेलको नाइट क्लबका बाउन्सर झापाबाट पक्राउ

आमा खोज्दै रुन्छिन् नीराकी नाबालिका छोरी, कसले देला वात्सल्यताको न्यानो काख

रहस्यमय बन्दै नीराको हत्या, न्याय माग्दै आफन्त आन्दोलित

सडकमा सीसीक्यामरा नहुँदा नीराका अपराधीको ‘क्लु’ पाउन प्रहरीलाई मुस्किल (भिडिओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved