आईपीएल : २ सय १३ रनको लक्ष्य भेटाउँदै मुम्बईले राजस्थानलाई हरायो

नेपालभ्युज

आईपीएल : २ सय १३ रनको लक्ष्य भेटाउँदै मुम्बईले राजस्थानलाई हरायो

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ ।

गएराति वाङखडे मैदानमा भएको खेलमा जितका लागि २ सय १३ रनको लक्ष्य मुम्बईले १९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

मुम्बईका टिम डेविडले १४ बलमा ४५ रन बनाए, यस्तै सूर्यकुमार यादव ५५ रनमा आउट भए । राजस्थानका रविचन्द्रन आश्विनले दुई तथा ट्रेन्ट बोल्ट र सन्दीप शर्माले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।

राजस्थानका यशस्वी जैसवालले १ सय २४ रनको शतकीय पारी खेले । मुम्बईका अर्शद खानले तीन, पीयूष चवालाले दुई, जोफ्रा आर्चर, राइली मेरीडिथले एक/एक विकेट लिए ।

मुम्बई ८ खेलमा ४ जितसहित अङ्कतालिकाको सातौँ र राजस्थान ९ खेलमा ५ जितसहित तेस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved