बजेटमा कर्णालीलाई प्राथमिकता दिन सांसदहरूको जोड

नेपालभ्युज

बजेटमा कर्णालीलाई प्राथमिकता दिन सांसदहरूको जोड

काठमाडौं। संघीय संसदमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने १४ जना सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्तरूपमा योजना पेश गर्दै आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन माग गरेका छन्।

अहिले पनि कर्णाली प्रदेश  २०७८ सालको तथ्यांकअनुसार निरपेक्ष गरिबी २८.९ प्रतिशत रहेको र वार्षिक प्रतिव्यक्ति आय मात्र ९४४ अमेरिकन डलर रहेको उल्लेख गर्दै ज्ञापनपत्रमा नेपालको अन्य प्रदेशहरूको तुलनामा समग्र विकासको हिसाबले हेर्दा कर्णाली प्रदेश अझै पनि निकै पछाडि रहेको एक मात्र प्रदेश भएको उल्लेख छ।

कर्णाली विकासका लागि दीर्घकालीन महत्वका योजनामा कृषि उत्पादन र रोजगारी वृद्धिलाई जोड दिइएको छ । जसअनुसार कर्णाली प्रदेशको कृषि उत्पादन जडिबुटी र लघु उद्योगहरूलाई व्यापक र व्यवस्थित गर्न कर्णाली लघुवित्त बैकको स्थापनाका साथै सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन र कर्णाली स्वरोजगार एवम गरिबी न्यूनीकरणका लागि विशेष कार्यक्रम अभियान संचालन गर्न ५ अर्व बजेट माग गरिएको छ ।

कर्णाली प्रदेशका सबै मा.वि.हरूको भौतिक पूवार्धारका साथै डिजिटल बोर्ड लगायतको प्रविधि पूर्वाधार व्यवस्थापन गरी गुणस्तरीय शिक्षा प्रदान गर्न डिजिटल शिक्षण संचालन गर्न आवश्यक बजेट माग गरिएको छ भने स्वस्थ जनशक्ति निर्माण गर्न जिल्ला, पालिका, वडा अस्पतालको पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्न बजेट पठाउन आग्रह गरिएको छ ।

कर्णाली नदी र भेरी नदी तटीय  क्षेत्रमा शहरी विकासका लागि योजना कार्यान्वयन गर्न धार्मिक पर्यटनको केन्द्रको रूपमा लिमी भ्यालीलाई विकास गरी मानसरोवर कैलाश दर्शनद्वारको रूपमा अगाडि बढाउन माग गरेका छन् ।

त्यसैगरी, से फोक्सुण्डो, सरहतारा, उच्च मानव बस्ती हिमाल, सुर्खेत एयरपोर्ट, जडीबुटी अनुसन्धान तथा प्रशोधन केन्द्र, सडक, ताल, जैविक विविधता र सिँजा सभ्यता संस्कृति समेतको सहि सदुपयोग गरी पर्यटकहरूलाई आर्कषित गर्न आवश्यक पूवाधार तयार पार्ने आवश्यक बजेट पनि माग गरिएको छ ।

यस्तै, कर्णालीको जलश्रोतको उपयोग गर्न सरकारी निजि क्षेत्रको लगानीको व्यस्थापनका साथै भेरी डाईभर्सनमा बन्ने जलविद्युतको ५० प्रतिशत शेयर कर्णाली प्रदेशको सरकारलाई दिन, दैलेखमा पेट्रोलियम उत्खनन कार्य शीघ्र रुपमा अगाअघि बषउन, कर्णालीको वायु सेवालाई विस्तार गर्न प्रस्ताविक प्रादेशिक एयरपोर्टको निर्माण कार्य शिघ्र रूपमा अगाडि बढाउने र सुर्खेत एयरपोर्ट, चौरजहारी एयरपोर्ट, जुम्ला एयरपोर्टको स्तरोन्नतिका साथै हुम्लामा नयाँ एयरपोर्टको सम्भाब्यता अध्ययन पनि माग गरिएको छ ।

कर्णालीको रैथाने बाली संरक्षण उत्पादनका साथै कर्णालीमा गुणस्तरीय स्याउ, किवी, ओखर सुन्तला लगायतको बृहत स्तरमा उत्पादन गर्न विशेष पकड क्षेत्रहरूको नीति योजना कार्यान्वयनको लागि बजेट व्यवस्था गर्न आग्रह पनि उनीहरूले गरेका छन् ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भौतिक पूवार्धार निर्माण, सुर्खेतमा रहेको मेडिकल कलेजलाई संचालनको लागि बजेट व्यवस्था, कणाली राकमा १०० बेटको टर्अमा सेन्टर साथै अस्पताल निर्माणका लागि बजेट व्यवस्था गर्न माग गरिएको छ भने सिंजा सभ्यता खस संग्रालय प्रतिष्ठान निर्माण गर्न पनि आग्रह गरिएको छ ।

यसरी योजना पेश गर्ने सांसदहरूमा जनार्दन शर्मा (प्रभाकर), हृदयराम थानी, दिक्पालकुमार शाही, महेन्द्रबहादुर शाही, अमरबहादुर थापा, कान्तिका सेजुवाल, मैना कार्की, धनबहादुर बुढा, ऐनबहादुर शाही, सीताकुमारी राणा, सूर्यकुमारी श्रेष्ठ, छिरिङ डम्डुल लामा भोटे, कल्पना मियाँ र चन्द्रबहादुर विश्वकर्मा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved