थकानको कारण तनाव पनि हुन सक्छ

नेपालभ्युज

थकानको कारण तनाव पनि हुन सक्छ

एजेन्सी । अहिलेको भागदौडले भरिएको जीवनमा तनाव नहुने व्यक्ति त एकदमै भाग्यमानी नै मान्नुपर्ने भएको छ । जसलाई कुनै कुराको तनाव छैन । तनावले अहिलेको समयमा सबैलाई घेरिरहेको छ । तनाव लिँदा यसले हाम्रो दिमागलाई मात्रै सताउँदैन, यसको असर हाम्रो पूरै शरीरमा देखिन थाल्छ । तनावको नकारात्मक असर सुस्तसुस्त हाम्रो शरीरमा देखिन थाल्छ ।

धेरै व्यक्तिले सोंच्ने गर्छन् तनावको हाम्रो शरीरमा कुनै असर हुँदैन । त्यो गलत हो । किनकी यसले दिमागलाई मात्र होइन सबै शरीरलाई नै असर गर्दछ । त्यसैले शरीरमा देखिने संकेतहरुलाई पनि बेवास्ता गर्नु हुँदैन ।

जब हामी कुनै कुरालाई लिएर तनाव लिन्छौं, हाम्रो दिमाग मात्र थाक्दैन । त्यतिबेला हाम्रो शरीर पनि थाक्न थाल्छ । यदी तपाईंलाई एकदमै धेरै थकान महसुस भइरहेको छ भने, त्यो तनावको कारणले पनि हुन सक्छ । यसबारेमा विशेषज्ञहरुको भनाई के छ त्यसबारे जान्ने प्रयास गरौं ।

थकानका कारण

यदी तपाईं एकदमै धेरै थाकेको महसुस गर्नुहुन्छ वा कुनै पनि काम गर्नका लागि तपाईंको शरीरमा ऊर्जा बचेको छैन जस्तो लाग्छ भने यसका पछाडि धेरै कारण हुन सक्छन् । धेरै काम गर्नु, ज्वरो आउनु वा धेरै खेलकुद, व्यायामपछि थकान महसुस गर्नु सामान्य कुरा हो । तर यसका अन्य केही कारण पनि हुन सक्छन् जसमा तनाव पनि समावेश छ । आउनुहोस् यसबारेमा जानौं ।

– व्यायाम वा कसरतको कमी

-क्याफिन ज्यादा पिउनु

-निद्रा पूरा नहुनु

-भिटामिन बी, भिटामिन सी, भिटामिन डी, आइरन तथा म्याग्नेशियम जस्ता न्यूट्रिसन्सको कमी हुनु

-शरीरमा पानीको कमी हुनु

-आवश्यकता भन्दा धेरै तनाव लिनु

-थाइराइड, एन्जाइटी तथा मधुमेह जस्तो शारीरिक अवस्था

-एकदमै कम क्यालोरी भएको खाना खानु

-धेरै प्रशोधित खानेकुरा खानु

थकान टाढा भगाउने तरिका

– तनाव नलिनुहोस्, तनाव टाढा भगाउनका लागि योग तथा मेडिटेशन गर्न सकिन्छ ।

-सन्तुलिन आहार लिनुहोस् ।

– निद्रा पूरा गर्ने तथा आफ्नो शरीरलाई आराम दिनुहोस् ।

-आफ्नो खानपानमा पूरा अनाजलाई समावेश गर्ने ।

-क्याफिनबाट टाढा रहने वा एकदमै थोरै मात्रामा लिने ।

यदी आफ्नो जीवनशैलीमा परिवर्तन गर्दा पनि तपाईंलाई एकदमै धेरै थकान महसुस भइरहन्छ भने एकपटक डाक्टरको सल्लाह लिनु पर्दछ । यो कुनै विमारी वा समस्याको कारणले पनि हुन सक्छ । त्यसैले आवश्यक परिक्षणहरु गर्दा राम्रो हुन्छ । यदी तपाईंलाई नियमित रुपमा सधैं थकान महसुस भइरहन्छ भने यसलाई बेवास्ता गर्नु हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved