गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त हुँदै

लिखित सहमतिको पक्षमा माओवादी

नेपालभ्युज

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त हुँदै

काठमाडौं। गण्डकी प्रदेशमा आज (बिहीबार) नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त हुँदै छन् ।

गोरखा-२ बाट निर्वाचित पाण्डेलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीमा पक्का गरेपछि आजै उनी बहुमतको मुख्यमन्त्री नियुक्त हुने भएका हुन्। उनलाई कांग्रेस, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङले समर्थन गर्ने भएका छन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज अपराह्न ४ बजेसम्मको समय दिएका थिए। तर, मुख्यमन्त्रीमा माओवादीको समेत दाबी रहेकाले त्यसको टुङ्गो केन्द्रबाटै लगाउनुपरेको थियो। अझै पनि माओवादीले कति समयपछि मुख्यमन्त्री पाउने भन्ने कुराको लिखित ग्यारेन्टीको पक्षमा माओवादी रहेको छ।

पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी नेतृत्वको सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस–माओवादीको सरकार बन्न लागेको हो।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि सोही बुँदाअनुसार सरकार गठनका लागि आह्वान गर्ने कि उपधारा ३ बमोजिम ठूलो दलबाट मुख्यमन्त्री नियुक्त गर्ने अन्योल थियो । कानुनी परामर्शपछि प्रदेश प्रमुख गुरुङले १२ गते उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिएर आह्वान गरेका थिए।

गण्डकी सरकारको नेतृत्वमा कांग्रेस–माओवादी आलोपालो गर्ने सहमति भएको छ। पहिलो चरणमा कांग्रेसका पाण्डे र दोस्रोमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान मुख्यमन्त्री बन्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved