अटोइम्यून बिमारी किन हुन्छ ?

नेपालभ्युज

अटोइम्यून बिमारी किन हुन्छ ?

एजेन्सी । अटोइम्यून बिमारी एउटा जटिल समस्या हो, जसमा हाम्रो इम्यून सिस्टमले शरीरका विभिन्न कोशिकाहरुमा हमला गर्न थाल्छ र त्यसलाई नोक्सान पुर्‍याउँछ । यसका पछाडि धेरै कारणहरु हुन सक्छन् । आउनुहोस् जानौं अटोइम्यून बिमारीहरु किन हुन्छन् ?

मोटोपन

मोटोपनले अटोइम्यून डिजीजलाई बढाउन सक्छ । शरीरमा आवश्यक भन्दा धेरै फ्याट जम्मा हुँदा सोरायसिस तथा रेमुटाइड अर्थराइटिस जस्तो अटोइम्यून विमारी हुन सक्छ । यदी तपाईं पहिलेदेखि नै यस्तो रोगले ग्रसित हुनुहुन्छ भने तौललाई नियन्त्रणमा राख्नुहोस् ।

धुम्रपान

धुम्रपान गर्ने बानी पनि शरीरमा अटोइम्यून बिमारीको कारण बन्न सक्छ । यसले इम्यूनिटी कमजोर हुन्छ जसले शरीरमा पटक पटक संक्रमण हुन्छ साथै अटोइम्यून डिजीज हुने खतरा पनि बढ्न सक्छ ।

वंशाणुगत

कैयौं पटक अटोइम्यून विमारीहरु हुनुमा पारिवारिक इतिहास पनि जिम्मेवार हुन्छ । यस्तो विमारीहरु यदी तपाईंको परिवारमा कसैलाई भएको छ भने त्यही कारणले हुन पनि सक्छ ।

गलत औषधीका कारण

कतिपय अवस्थामा अटोइम्यून विमारीहरु गलत औषधीको सेवन गर्नाले पनि हुन्छ । रगत पातलो गर्ने, मुटु सम्बन्धी रोग तथा उच्च रक्तचाप आदिलाई नियन्त्रण गर्ने ओषधीहरुको धेरै सेवन गरेमा पनि अटोइम्यून डिजीज हुन सक्छ ।

संक्रमण

कैयौं पटक शरीरमा संक्रमण, किटाणु तथा पुनः विषाक्त पदार्थहरुको सम्पर्कमा आउँदा पनि अटोइम्यून डिजीज हुने गर्दछ । त्यसैले कुनै पनि खालको संक्रमणलाई लामो समयसम्म हुँदा बेवास्ता गर्नु हुँदैन । समयमै त्यसको उपचार गर्नु पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved