‘ए’ डिभिजन लिग : एनआरटीलाई फ्रेन्ड्सले हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : एनआरटीलाई फ्रेन्ड्सले हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मङ्गलबार भएको खेलमा फ्रेन्ड्सले एनआरटीलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

फ्रेन्ड्सको लागि रफिक अमिनु, टोरिक जेब्रिन र प्रकाश बुढाथोकीले गोल गरे भने एनआरटीको लागि सन्जिब विष्टले गोल फर्काए।

खेलको १४ औँ मिनेटमा अमिनुले गोल गरेसँगै फ्रेन्ड्सले अग्रता लियो। ४१ औँ मिनेटमा सन्जिबले एनआरटीको लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए।

पहिलो हाफको इन्ज्युरी समयमा जेब्रिनले फ्रेन्ड्सको लागि दोस्रो गोल गरे। ७६औँ मिनेटमा कप्तान प्रकाशले फ्रेन्ड्सको लागि तेस्रो गोल गरे।

यससँगै फ्रेन्ड्सले १२ खेलबाट १४ अंक जोड्न सफल भएको छ। एन्आरटीले भने १२ खेलमा १३ अंक जोडेको छ।

यस्तै, सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल पुलिस क्लबले मनाङ मर्स्याङ्दीलाई १–० गोलअन्तरलेले पराजित गरेको हो। नेपाल पुलिसको लागि मुहम्मद आशिकले गोल गरे। खेलको सातौँ मिनेटमा नेपाल पुलिसको लागि आशिकले गरेको गोल नै निर्णायक बन्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved