खजुर शेक पिउनुका फाइदाहरू

नेपालभ्युज

खजुर शेक पिउनुका फाइदाहरू

एजेन्सी। खजुरको शेकमा कैयौं प्रकारका भिटामिन तथा मिनरल भरपूर मात्रामा पाइन्छ । जसले स्वास्थ्यसँग जोडिएका कैयौं समस्यालाई कम गर्न सहयोग गर्छ । त्यसैले, आउनुहोस् जानौं खजुर शेक पिउनुका फाइदाहरू:

– जोर्नीहरू सुन्निएर हुने दुखाइ कम गर्नका लागि खजुरको शेक एकदमै फाइदाजनक हुन्छ । यसले सुन्निन कम गर्छ र दुखाइमा राहत दिन्छ ।

– पाचनसम्बन्धी समस्याका लागि पनि खजुरको सेवन एकदमै फाइदाजनक हुन्छ । यसमा फाइबर भरपूर मात्रामा पाइन्छ ।

– शरीरमा रगतको कमी वा एनीमिया जस्तो समस्याका लागि पनि खजुरको शेक पिउनु लाभदायक मानिन्छ । यसमा आइरनको मात्रा धेरै हुन्छ ।

– यसलाई नियमित रुपमा पिउने गर्दा रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ ।

– खजुर वा खजुरले बनेको शेक पिउँदा हड्डीहरू बलियो हुन्छ साथै मांशपेशीहरू पनि बलियो हुन्छ । यसमा पाइने क्याल्सियमको मात्राले हड्डी बलियो बनाउँछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved