कांग्रेसको अडान- उजुरीमाथि निर्णय नभएसम्म चितवनमा मतगणना हुन दिनौं

नेपालभ्युज

कांग्रेसको अडान- उजुरीमाथि निर्णय नभएसम्म चितवनमा मतगणना हुन दिनौं

काठमाडौं । चितवन २ मा नेपाली कांग्रेसले आफ्नो  उजुरीमाथि निर्णय नभएसम्म आइतबार भएकाे उपनिर्वाचनको मतगणाना हुन नदिने अडान राखेको छ ।   सबै मतपेटिका  मतगणना स्थल ल्याइएपछि कांग्रेसले आफूले दायर गरेको उजुरीमा छानबिन नभएसम्म मत गणना हुन नदिने अडान रखेको हो ।

कांग्रेस सभापति राजेश्वर खनालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारी विरुद्ध दिएको उजुरीको कारबाही टुंगो नलगाएसम्म मतगणना नहुने भएको हो ।

यतिबेला मतगणना स्थलमा  सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ ।

कुल १ लाख २४ हजार ६९५ मतदाता रहेकाे चितवन २ मा आइतबार भएकाे मतदानमा ७८ हजार २७७ मत खसेकाे बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved